Incident Reports

नुवाकोटमा अर्थमन्त्रीलाई अवरोध प्रयास, ‘सुतली बम प्रहार गरेको आशंका’

2015-07-20

Bagmati, Nuwakot, Likhu

विधानको मस्यौदामा सुझाव संकलनको लागि नुवाकोटको क्षेत्र नम्बर २ को खैरेनीटारमा जाने क्रममा अर्थमन्त्री रामशरण महतसहितको सभासद टोलीलाई अज्ञात समूहले अवरोधको प्रयास गरेको छ । खैरेनीटार जाने क्रममा ढुकुरे बजारमा अज्ञात व्यक्तिहरुले अर्थमन्त्री महतसहितको टोलीलाई अवरोध पुर्‍याउने गरी सुतली बम फालेको आशंका गरिएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूर्यमति र खानीगाउँ जोड्ने पादी खोला पुल पार्न गर्न लाग्दा अज्ञात व्यक्तिहरुले डाँडाबाट सुतली फालेको र सडकमा झरिसकेपछि सुतलीमा आगो लागेको जानकारी दिए । सुरक्षा निकायले अर्थमन्त्रीलाई अवरोध गर्ने गरी सुतली बम फालिएको हुनसक्ने आशंका गरेका छन् । घटनामा संलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Program Interference/Obstruction
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments