Incident Reports

सप्तरी बन्दले जनजीवन प्रभावित, ठाउँठाउँमा झडप

2015-07-20

Madhes, Saptari, Rajbiraj

संविधानको पहिलो मस्यौदामाथि सोमबारको राय सुझाव संकलन कार्यक्रममा विरोध गरिरहेका मधेसवादी दलका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा ती दलले आव्हान गरेको मधेस बन्दका कारण आज बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको छ । मोर्चामा सङ्घीय समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावन पार्टी संलग्न छन् । प्रदर्शनकारीहरुले बिहानैबाट प्रदर्शन गर्दै बजार तथा यातायातका साधनहरु बन्द गराउन थालेपछि जनजीवन प्रभावित भएको हो । सो क्रममा प्रहरी तथा प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रदर्शनका कारण सप्तरी सदरमुकाम राजविराज लगायत भादह, कञ्चनपुर, कल्यानपुर, हनुमाननगर, रुपनी लगायतका बजारहरु पुर्णरुपले बन्द भएका छन् भने पूर्व-पश्चिम राजमार्ग समेत ठप्प भएको छ । सप्तरी खण्डमा आन्तरिक तथा बाह्य सवारी साधनहरु चल्न नसक्दा सर्वसाधरणलाई सास्ती भएको छ । सप्तरीको भारदह खण्डमा प्रदर्शनकारीहरुको एक समूहले बिहानैदेखि राजमार्गमा प्रदर्शन सहित ढंगामुढा तेर्स्याएपछि पूर्व तथा पश्चिमबाट आएका दर्जनौं यात्रुबाहक बस तथा मालबाहक ट्रकहरु रोकिएका छन् । यातायात खुलाउने प्रयास गर्दा प्रहरी तथा प्रदर्शनकारीहरुबीच पटक पटक झडप भएको छ । यातायात सुचारु गराउन प्रहरीले थप बल मगाउने तयारी गरेको छ । सप्तरीको क्षेत्र नं २ को भारदहमा हिजो राय सुझाव संकलन कार्यक्रममा झडप हुँदा प्रहरीको लाठी चार्जबाट नेसपा गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, संघीय समाजवादीका शैलेन्द्रप्रसाद साह, दिनेश यादव, वीरेन्द्र माझी लगायत एक दर्जन भन्दा बढी प्रदर्शनकारी तथा आधा दर्जन प्रहरी समेत घाइते भएका थिए । य
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments