Incident Reports

गोदार घटना का दोषी माथि कारवाही नगरे दोषीका नाममा मानब अधिकार उल्लंगघनकर्ताको रुपमा अभिलेखन गरिने

2015-07-25

Nepal

चुडाबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी नायव उपरीक्षक कुवेरसिंह राना र नेपाली सेनाको भिमान व्यारेकका तत्कालीन मेजर अनुप अधिकारीको संलग्नता रहेको मानव अधिकार आयोगको निष्कर्ष छ । आयोगले शुक्रबार विज्ञप्ति निकालेर ति चारै जनालाई कारवाही गर्न सरकार समक्ष सिफारिस गर्न भनेको हो । धनुषाका पाँच युवाहरुको बेपत्तापछि हत्या गर्ने दोषीहरुको पहिचान भइसके पनि सरकारले अझै कारबाही नगरेको घटनाप्रति आपत्ति जनाएको छ । दोषीहरुलाई तत्काल कारबाही नगरे दोषीको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा अभिलेख गरी सार्वजनिक गर्ने चेतावनी आयोगले दिएको छ । पिकनिक खान गएकाबेला धनुषाका युवाहरु सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्रकुमार यादवलाई ०६० असोज २१ गते पक्राउ गरी सुरक्षाकर्मीले गोली हानेका थिए । उनीहरुको जिवितै रहेको अवस्थामा खाल्डो खनि गाडिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । शव उत्खनन गरी विदेशमा वैज्ञानिक परीक्षण गर्दा ति युवाहरुकै कंकाल भएको पुष्टि भएको थियो । आयोगको आग्रह बमोजिम आफन्तले ०७१ साउन ७ गते कंकाल बुझेर दाहसंस्कार गरेका थिए । उक्त घटनामा संलग्न सैनिक अधिकारी हाल पनि पदमा बहाल छन् । राना र श्रेष्ठ अवकाश भैसकेका छन् ।

0 Comments

Related Reports