Incident Reports

No translation available.

2015-07-25

Madhes, Bara, Kalaiya

छिमेकीको घर तोडफोड गरेको आरोप लागेपछि छलफलका लागि बोलाउने प्रहरीलाई गाली गरेको आरोपमा पक्राउ परेका पूर्व सभासद शिवचन्द्र कुशवाहलाई रिहा गर्न माग गर्दै उनको समर्थकले बाराको कलैयामा प्रदर्शन गरेका छन् । कुशवाहका आफन्तसहित, नेपाली कांग्रेस र एनेकपा माओवादीका केही कार्यकर्ता तथा सदभावना पार्टीका कार्यकर्ताले कलैया भरतचौकमा धर्ना दिएका हुन् । तीन सयको संख्यामा रहेका कुशवाहका समर्थकले कुशवाहलाई प्रहरीले दमन गरेको भन्दै प्रहरी दमन बन्द गर, कुशवाहलाई बिना शर्त रिहा गर लगायतका माग लेखेको प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले कलैया वीरगन्ज सडक खण्ड पनि अवरुद्ध गरेका छन् । महागढीमाई ८ का लालदेव राउत बरैको घरमा तोडाफोड गरेको अभियोगमा प्रहरीले छलफलका लागि कार्यालयमा बोलाएको थियो । प्रहरीले बोलाएपछि जिल्ला प्रहरी कार्यालय पुगेका पूर्वसभासद कुशवाहले प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल र नायब उपरीक्षक रवीन्द्र रेग्मीलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि प्रहरीले उनलाई समातेर थुनेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments