Incident Reports

विप्लवका कार्यकर्ताले कार्यकारी अधिकृतलार्इ मोसो दले

2015-07-26

Bagmati, Chitawan, Chitwan National Park, Ward 99

 विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई आइतबार बिहान मोसो दलेर दुर्व्यबहार गरेका छन् । उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई मोसो दलेका हुन् । सापकोटाले भ्रष्टाचार गरेकाले मोसो दलेर सचेत गराइएको जिल्ला सेक्रेटरी महेश चौधरीले बताए । चेतावनीस्वरुप मोसो दलेको उनको भनाइ छ । घटनापछि छरिएको पर्चामा सापकोटाले जनताको करबाट उठेको रकमलाई भ्रष्टाचार गरेको, इमान्दार कर्मचारीलाई पाखा लगाएर भ्रष्टलाई संरक्षण गरेको र नगरपालिकाको जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।त्यसैगरी ग्रेडर किन्ने पैसा नभएको नगरपालिकामा एक करोड ६३ लाखको गाडी किनेको र नगरपालिकामा खुलेको नायब सुब्बाको दरबन्दीमा पत्नीलार्इ राख्न साठगाँठ मिलाएको लगायतका आरोप लगाइएको छ ।  कार्यकारी अधिकृत सापकोटालाई जग्गा र गाडी खरिदमा अनियमितता गरेको भन्दै अन्य दलले समेत बहिष्कार र विरोध गर्दै आएका छन् । मोसो दलेपछि कार्यालयबाट बाहिरिएका कार्यकारी अधिकृत सापकोटा सम्पर्कमा आउन चाहेनन् । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments