Incident Reports

सवारी लाइसेन्स बनाउन घुस लिंदालिंदै कर्मचारी पक्राउ

2015-07-26

लाइसेन्स बनाईदिने भन्दै सेवाग्रहीबाट घुस लिंदा लिंदै यातायातका कर्मचारी पक्राउ परेका छन् । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कार्यालय सहयोगी भीम भट्ट नगद सहित रंगेहात पक्राउ परेका हुन् । कार्यालय सहयोगी भट्टलाई आज बिहान ११ बजे यातायात व्यवस्था कार्यालयमै अख्तियार दुरुपयोग अनुसन्धान सुदूरपश्चिम क्षेत्रिय कार्यालय महेन्द्रनगरको एक टोलीले ३८ हजार नगद सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान सुदूरपश्चिम क्षेत्रिय कार्यालय महेन्द्रनगरका क्षेत्रिय प्रमुख रविन्द्र शर्माले बिषेश सूचनाका आधारका सेवाग्रीबाट पैसा लिईरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

0 Comments