Incident Reports

हिन्दु धर्मका अनुयायी र प्रहरीबीच झडप

2015-07-27

Province 1, Sunsari, Itahari

हिन्दु राज्यको माग गर्दै साधु–सन्त एवम् हिन्दु धर्मका अनुयायीहरुले सोमबार इटहरीमा प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरिरहेको बेला प्रहरीले दुई वटा झण्डा खोसेपछि विवाद हुदाँ झडप भएको हो । प्रहरीले झण्डा खोसेपछि प्रदर्शनकारीले भने प्रहरीले झण्डा च्यातेको भन्दै प्रहरीविरुद्ध नाराबाजी गरे । सोही क्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले विरोध गर्ने महिला मञ्जु रेग्मीलाई हुत्याएर ठेलेपछि केही बेर स्थिति तनाबग्रस्त बन्यो । केहीबेर प्रदर्शनकारी र प्रहरीबीच ठेलामठेल चल्यो । पछि दुवै पक्ष संयमित भएकाले गर्दा कुनै अप्रिय घटना हुन पाएन । यसैबीच, प्रदर्शनकै क्रममा हिन्दुवादीले एमाओवादी महासचिव कृष्णबहादुर महराको पुत्ला दहन गरे । महराले काठमाडौंमा क्रिष्टियनको कार्यक्रममा हिन्दु राष्ट्रको विरोधमा बोलेको भन्दै पुत्ला दहन गरेका हुन् । प्रहरीसँग झडपका भएपनि साधु–सन्त एवम् हिन्दु धर्मका अनुयायीहरुले सोमबार पनि इटहरीमा दुई घण्टा चक्काजाम गरे । साधु–सन्त एवम् हिन्दु धर्मका अनुयायीहरुले शनिबारदेखि इटहरीमा प्रदर्शन गदैं आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments