Incident Reports

हिन्दू राज्य माग गर्दै दाङ बन्द

2015-07-31

Lumbini, Dang, Tulsipur

हिन्दू राज्यको माग गर्दै हिन्दू धर्म पक्षधरहरुले दाङ बन्द गरेका छन्। हिन्दू धर्मको पक्षमा रहेका १४ संघसंस्था सम्मिलित स्वधर्म संस्कृति संरक्षण अभियानले शुक्रबार एकदिन दाङ बन्द गरेको हो। बन्दका कारण दाङको जनजीवन प्रभावित बनेको छ। यातायातका साधनहरु बिहानैदेखि ठप्प छन् भने शिक्षण संस्था, बजार, उद्योगधन्दा समेत बन्द छन्। बिहान ६ बजेदेखि सुरु भएको बन्द बेलुका ५ बजे सकिने आन्दोलनकारीहरुले जनाएका छन्। बन्दकर्ताहरुले हिन्दू राज्यको पक्षमा बिहानैदेखि सडकमा नाराबाजी गर्दै प्रदर्शनसमेत गरिरहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments