Incident Reports

विद्यार्थी सङ्गठनहरूद्वारा शिक्षण संस्थामा तोडफोड

2015-07-30

Lumbini, Dang, Tulsipur

विभिन्न माग राख्दै आन्दोलित विद्यार्थी सङ्गठनले साउन १४ गते घोराही र तुल्सीपुरका तीन ओटा शिक्षण संस्थामा तोडफोड गरेका छन् । विद्यार्थी सङ्गठनहरूले बिना दर्ता सञ्चालन गरिएका निजी विद्यालयहरू बन्द गर्नुपर्ने, वृद्धि गरिएको शुल्क फिर्ता गर्नुपर्ने, विद्यार्थी छात्रवृत्ति समयमै वितरण गर्नुपर्नेलगायतका माग पूर्वसहमति अनुसार कार्यान्वयन नभएको भन्दै साउन १४ गते देखि अनिश्चितकालीन शिक्षण संस्था बन्द आह्वान गरेका छन् । आन्दोलित समूहले बन्दको अवज्ञा गरेको भन्दै ज्ञानसिन्धु उमाविको पुस्तकालयका कुर्सीटेबुल र झ्यालको सिसा तोडफोड गरेको छ ।

त्यसैगरी घोराहीस्थित आइरनगेट ट्यूसन सेन्टर र तुलसीपुरको एभरेष्ट टेक्निकल इस्न्टिच्यूटमा तोडफोड गरेका थिए । पठनपाठन भइरहेका अवस्थामा एक्कासि आएका बन्दकर्ताले पुस्तकालयमा तोडफोड गरेको ज्ञानसिन्धु उमाविका प्रिन्सिपल हुकुम बुढाथोकीले बताए । अनेरास्ववियु, अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा माओवादीको अखिल क्रान्तिकारी र वैद्य नेतृत्व नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले अनिश्चितकालीन शिक्षण संस्था बन्दको आह्वान गरेका थिए । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुका जिल्ला अध्यक्ष बीरवल खड्काले बताए ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 3
INSEC

0 Comments