Incident Reports

सक्रिय सदस्य रिहाइको माग गर्दै उत्पीडित दलित समुदायको सञ्जाल द्वारा बागलुङ बन्द

2015-08-05

नयाँ बन्ने संविधानमा आफ्ना मौलिक हक अधिकार सुनिश्चित गराउन संयुक्त राजनीतिक दलित संर्घष समितिको मंगलबार पक्राउ परेका सक्रिय सदस्य राजकुमार बोसेलको रिहाइको माग गर्दै उत्पीडित दलित समुदायको सञ्जाल बागलुङले बागलुङ बन्द गराएको छ। चक्काजामका बेला मोटरसाइकल चलाएको भन्दै सरकारी वकिल कार्यालय बागलुङमा कार्यरत गणेश शर्मालाई कुटपिट गरेको आरोपमा बोसेल मंगलबार पक्राउ परेका थिए। शर्माले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीसमक्ष लिखित उजुरू दिएपछि प्रहरीले बोसेललाई नियन्त्रणमा लिएको हो। सञ्जालले पक्राउ परेका बोसेलको बिनासर्त रिहाइको माग गदै बागलुङ बन्दको आह्वान गरेको हो। मोटरसाइकल नचलाउन आग्रह गर्दा पनि अटेर गरेपछि सामान्य भनाभन मात्र भएको सञ्जालले दाबी गरेको छ। रिहाइ नगरेसम्म बागलुङ बन्द अनिश्चितकालसम्म जारी रहने सञ्जालका अध्यक्ष टकबहादुर बोहोराले बताए। बन्दका कारण बुधवार बिहानैदेखि बागलुङको जनजीवन प्रभावित बनेको छ। सञ्जालका पदाधिकारी र सदस्यहरु बजार बन्द गराउँदै हिँडेका छन्। बन्दले पसल, व्यवसाय बन्द भएको छ। लामो तथा छोटो दुरीका यातायातका साधान पनि चल्न सकेका छैनन्। बाहिर बाट बागलुङ भित्रिने सवारी साधनलाई भने प्रहरीले स्कटिङ गरेर ल्याएको छ। नियन्त्रणमा रहेका बोसेलमाथि छानविन चलिरहेको प्रहरीले जनाएको छ। अहिले संयुक्त राजनीतिक दलित संर्घष समितिका सदस्यहरु बागलुङ बजार बन्द गराउँदै हिडेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments