Incident Reports

आठ हजार घुस लिने प्रहरी सहायक निरीक्षक पक्राउ

2015-08-06

बाँके जिल्ला अन्र्तगत बेतहनीका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक परविर वैगार आठ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । नेपाल तथा भारतबाट विभिन्न प्रकारका दैनिक उपभोग्य सामान तथा कुखुराका चल्ला ल्याई गाउँमा विक्री गर्ने व्यवसायीबाट ८ हजार घुस लिइसकेको अवस्थामा सो रकमसहित वैगार पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार वैगार विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

0 Comments