Incident Reports

दलित अधिकारकर्मीको आन्दोलनमाथि प्रहरी दमन

2015-08-06

नयाँ बन्ने संविधानमा दलितका हक अधिकारको सुनिश्चितताको माग गर्दै दलित अधिकारकर्मीहरुले गरेको आह्वान गरेको बन्दका क्रममा डोटीमा प्रहरीले दमन गरेको छ । आन्दोलनका क्रममा ८ जना दलित अधिकारकर्मी पक्राउ परेका छन् । नयाँ बन्ने संविधानमा दलितहरुका हक अधिकार सुनिश्चितता हुनुपर्ने माग गर्दै डोटीस्थित दलित अधिकारकर्मीहरुले आज एक घण्टाका लागि यातायत बन्द गरेका थिए । बन्दका क्रममा उनीहरुले सडकमा चल्ने गाडीमा पूर्णतः रोक लगाएका थिए । प्रहरीले गाडी सुचारु गराउन खोज्दा तनाब सिर्जना भएको थियो । डोटीको आयोजनामा भएको बन्दका क्रममा प्रहरीले ८ जना दलित अधिकार कर्मीहरुलाई पक्रेर लगेको भन्दै सबै दलित अधिकारकर्मी साथिहरुको रिहाईको माग गर्दै केही बेर जिल्ला प्रहरी कार्यालय डोटीमा नाराबाजी गरिरहेका थिए । दलित अधिकारकर्मीहरुले नाराबाजीसहित जिल्ला प्रहरी कार्यालय घेरेपछि प्रहरीले पक्राउ परेका सबैलाई छोडेको संयुक्त दलित संघर्ष समिति डोटीले जनाएको छ । दलित अधिकारकर्मी गोरख शार्कीको नेतृत्वमा बन्द लगायतका कार्यक्रमहरु भैरहेको संघर्ष समितिले जनाएको छ । पक्राउ पर्नेमा बिम्ब साप्ताहिक डोटीमा कार्यरत पत्रकार ईन्द्र परियार, गोरख शार्की, अधिराज बिसी, कुमार टेलर, केशव परियार, धनबहादुर नेपाली, चन्द्र नेपाली, र रबिन्द्र बाग्चन रहेका छन् । बन्द गराउँदै हिँड्ने क्रममा सडकमा प्रदर्शन गरिहरेका दलित अधिकारकर्मीहरुलाई प्रहरीले पक्रेर लगेको थियो । दलित अधिकारकर्मीहरुले आफ्ना मागको वेवास्ता गरि उल्टै प्रहरीले आफुमाथि धपकटको प्रयास गरेको आरोप लगाएका छन् । उनीहरुले आफ्ना मागहरुको वेवास्ता गरेमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments