Incident Reports

No translation available.

2015-08-10

Karnali, Jumla, Chandannath

प्रदेश सीमाङ्कनमा कर्णालीलाई सुदूर पश्चिमसँग गाभिएको विरोधमा सोमबार बिहानैदेखिको सुरू भएको आन्दोलनका कारण खलङ्गा स्थित जुम्ला विमानस्थलको हवाइ सेवा अवरुद्ध भएको छ। सरकारी कार्यालय तथा यातायात सेवा ठप्प पारिएका छन्। दुनैबाट आएको हेलिकोप्टर आन्दोलनकारीले विमानस्थलमा बस्न नदिएपछि कर्णाली अञ्चल प्रहरी कार्यालय परिसरमा अवतरण भएको छ। निजी क्षेत्रका जहाज जुम्ला अाउन सक्ने अवस्था छैन। प्रशासन कार्यालयको निषेधित क्षेत्र तोड्न आन्दोलनकारीहरु त्यसतर्फ बढिरहेका छन्। प्रदर्शनकारीले कर्णाली अखण्ड हुनुपर्ने माग उठाएका छन्। अान्दोलनकारीले बीएड दाेस्रो वर्षको उत्तरपुस्तिका च्याते अाक्रोसित अान्दोलनकारीले जुम्ला बुहुमुखी क्याम्पस प्रवेश गरी बीए एड दोस्रो वर्षको पाठ्यक्रम विषयको परीक्षा दिइरहेका विद्यार्थीको उत्तरपुस्तिका खोसेर च्यातेका छन्। केन्द्रको सुरक्षार्थ खटिएका प्रहरीलाई हातपात गरी भित्र पसेका उनीहरुले उत्तर पुस्तिका च्यात्न थालेपछि विद्यार्थीमा अन्यौल र त्रास छाएको छ। करिब ४५ विद्यार्थी परीक्षा लेखिरहेका थिए। कर्णालीलाई सुदूर पश्चिमसँग गाभेर राज्यले फेरि अन्याय गरेको बताउँदै आइतबारदेखि आन्दोलन सुरु भएको हो। आन्दोलनको नेतृत्व कांग्रेस, एमाले, एमाओवादीका स्थानीय नेताहरुले गरिरहेका छन्। विशेष कर्णाली राज्य हुनुपर्ने, पहिलेदेखि राज्यले सौताको रुपमा हेरिरहेको हुनाले क्षतिपूर्ति सहितको कर्णाली प्रदेश माग राखी उनीहरु आन्दोलन उत्रिएका हुन्। आइतबार पहिलो दिन कांग्रेसले नेतृत्व गरेको थियो। सोमबार दोस्रो दिन पूर्व सभासद देवीलाल थापाको नेतृत्वमा नेकपा एमाले आन्दोलनलाई नेतृत्व दिइरहेको छ। 'जबसम्म अखण्ड कर्णाली हुँदैन तबसम्म आन्दोलन जारी रहन्छ', थापाले भने, 'कर्णालीका सभासदले संविधान सभामा आवाज नउठाएको हुनाले उनीहरुको पुतला जलाउने कार्यक्रम तय गरिएको छ।' कर्णाली अञ्चलबाट कूल ११ जना सभासदले संविधान सभामा प्रतिनिधित्व गर्छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis