Incident Reports

राप्ती टुक्राएको विरोधमा अनिश्चितकालीन सल्यान बन्द

2015-08-10

Karnali, Salyan, Sharada

संघीय प्रदेश विभाजनका क्रममा राप्ती टुक्राइएको र सल्यानलाई ६ नम्बर प्रदेशमा राखिएको विरोधमा आज सल्यान बन्द गरिएको छ। सल्यानमाथि गरिएको अन्यायका विरुद्ध सल्यान-रुकुम यातायात समिति, उद्योग वाणिज्य संघ, कपुरकोटमा गठन गरिएको संघर्ष समिति र नेकपा एमाओवादी इलाका नम्बर ३ लगायतका विभिन्न संघसंगठनहरुले बिहान ५ बजेदेखि सल्यान बन्द गराएका छन्। उनीहरुले पहिचान, सामथ्र्य, प्रशासनिक सुगमता र सामाजिक सम्बन्ध सबै दृष्टिले सल्यानलाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग गरेका छन्। नेपाल तरुण दल, युवा संघ नेपाल र वाइसिएल नेपालले संयुक्त विज्ञप्ति निकालेर सल्यानलाई प्रदेश नम्बर ५ उपयुक्त भएको तर ६ मा राखिएकोले ध्यानाकर्षण गराउँदै निर्णय खारेजीको माग गर्दै अनिश्चितकालीन बन्द गरिने जनाएका छन्। यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, नेकपा एमाओवादी लगायतका राजनीतिक दलहरुले पनि सल्यानलाई छैठौं प्रदेशमा राख्ने निर्णयको खुलेर विरोध गरेका छन्। बन्दको प्रभावका कारण बिहानैदेखि सडकमा कुनै पनि सवारीसाधन चलेका छैनन्। जिल्लाका सम्पूर्ण व्यापारिक केन्द्र, शिक्षणसंस्था, उद्योगधन्दा सबै ठप्प रहेका छन् । सल्यानलाई प्रदेश नम्बर ६ मा राख्ने निर्णय अत्यन्तै अपरिपक्व र अदुरदर्शी भएको दाङवासीहरु पनि त्यसको विरोधमा उत्रिएका छन्। सल्यानबाट दाङ झरेका धेरैजसो दाङवासी पनि सल्यानको सम्बन्ध निकै नजिक रहेकाले दाङवासीहरुले समेत सल्यानलाई प्रदेश नम्बर ५ बाट अलग बनाइनु अन्यायपूर्ण भएको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Group of civilians (only Target) , Chamber of Commerce and entrepreneur's associations , Transport entrepreneurs/syndicate , Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis