Incident Reports

आन्दोलन दबाउन जुम्लामा सेना परिचालन

2015-08-10

Karnali, Jumla, Chandannath

अखण्ड कर्णालीको माग गर्दै आन्दोलन थालेका जुम्लाबासीलाई दबाउन सेना परिचालन गरिएको छ। प्रहरीले आन्दोलन कारीको भिडलाई मथ्थर गर्न नसकेपछि प्रशासन कार्यालयले सेनालाई हारगुहार गरेको हो। दर्जन बढी सेना परिचालन गरेर प्रशासन कार्यालयमा सुरक्षाको लागि खटाइएको छ। हतियारसहित सेना परिचालन गरिएकोमा आन्दोलनकारीले आपत्ति जनाएका छन्। आन्दोलनकारीले प्रशासन कार्यालयमा रहेका एक पुलिससहित ४ वटा गाडीमा तोडफोड गरेका छन् भने प्रशासन कार्यालयमा तालावन्दी गरेका छन्। पुलिसले आन्दोलनकारीलाई रोक्न पाँचभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै रबरका गोलीसमेत चलाएका छन्। आन्दोलनकारीले नेपाल टेलिकम, जिल्ला विकास समितिलगायतका दर्जन बढी कार्यालयमा तोडफोड गरेका छन्। प्रशासन कार्यालयको भवन तोडफोडसमेत गरिएको छ। प्रशासन कार्यालयको निषेशित क्षेत्र तोड्न खोज्दा प्रहरी र आन्दोलनकारीहरुबीच ढुंगा हानाहान भएको छ।

0 Comments

Related Trend Analysis