Incident Reports

लगातारको बन्दले जनजीवन कष्टकर

2015-08-11

Sudurpashchim, Kailali, Dhangadhi

चार दिनदेखिको लगातार बन्दले यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण दिनभरी मजदुरी गरेर कमाई गरेमात्र साँझ बिहान चुल्हो बल्ने परिवार सवै भन्दा बढी मार्कामा परेका छन । बिभिन्न ठाउँमा जाने यात्रु बीचवाटो मै अलपत्र परेका छन । बन्दका कारण चार दिनदेखि कैलालीमा यतायात,उद्योग,शिक्षण संस्था,कलकारखाना ठप्प रहेका छन । सुदुरपश्चिमका नौ वटै जिल्लाको प्रवेशद्वार कैलाली भएकाले यहाँको बन्दले पुरै ९ जिल्लामा लामो दूरीका सवारीसाधन चल्न नसक्दा जनजिवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिक्रम चन्दले लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको बताए। चौथो दिन पनि कैलाली बन्द रहे पनि अप्रिय घटना नघटेको उनले बताए । कैलालीबाट सवारीसाधन चलेका छैनन् भने वाहिरवाट सिमानामा आएका गाडी प्रहरीले स्कटिङ गरेर पार गराउने गरेको छ । बन्दले धनगढी,अत्तरिया,टिकापु लगायतका बजार बन्द छन । बित्तीय संस्था, बैंकसमेत बन्द गरिएका छन ।'लामो बन्दले सबै काम ठप्प भएको छ । बैकंको व्याज पनि तिर्न पाइएको छैन,' स्थानीय टिएन ढकालले भने,' अनिश्चित बन्दका कारण धेरै समस्या भइसक्यो ।' बन्दले कारण दैनिक उपभोग्य समाग्रीको अभाव हुन थालेको स्थानीयले बताएका छन ।तरकारीलगायत दैनिक उपभोग्य सामाग्रीको अभावसँगै मुल्य पनि महंगो हुन थालेको स्थानीयले बताएका छन । 'लगातारको बन्दले उपभोग्य सामाग्री पनि अभाव हुन थालेको छ,' स्थानीय महेश जोशीले भने,'बजारमा तरकारी छैन मुल्य महंगो भएको छ ।' दिनभरी ज्यालादारी गरेर कमाएको पैसाले मात्र बालबच्चालाई खान मिल्ने मजदुरलगातारको बन्दले समस्यामा परेको बताउँछन । 'दिनभरी कमाएको पैसाले बालबच्चालाई पाल्नु पर्छ । लगातारको बन्दले चुल्हो नै वाल्न समस्या भएको छ,'ज्यालादारीमा काम गर्ने मजदुर भीम चौधरीले भने ।चार राजनीतिक दलको सहमतिले कैलाली र कंचनपुर थरुहटवाट टुक्र्याएर पहाडमा जोडेर प्रदेश बनाएको भन्दै थरुहट थारुवान संघर्ष समितिले अनिश्चितकालीन आमहडताल गरिरहेको छ भने हिन्दु राज्यको मागसहित हिन्दु राष्ट्र संरक्षण संघर्ष समितिले पनि बन्द सहित आन्दोलन गरिरहेको छ । कैलाली र कंचनपुर थरुहटवाट टुक्र्याएर पहाडमा गाभेर प्रदेश बनाउने सहमति बदर नगरुन्जेल आमहडतला जारी रहने थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव माधव चौधरीले बताए । कैलाली र कंचनपुर थरुहटमा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।हिन्दु राज्य हुनुपर्ने माग पुरा नहुन्जेल आन्दोलन जारी राख्ने हिन्दु राष्ट्र संरक्षण संघर्ष समितिका संयोजक हरि रेग्मीले बताए । कैलाली र कंचनपुर पहाडको भू–भागमा मिलाएर प्रदेश बनाउने सहमति भएपछि कैलाली र कंचनपुर सहितको अखण्ड सुदुरपश्चिम हुनुपर्ने मागसहित आमहडतालमा उत्रेका अखण्ड पक्षधरले आइतबारदेखि आन्दोलन फिर्ता लिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis