Incident Reports

जुम्ला आज पनि बन्द, हेलिकोप्टरबाट थप सशस्त्र झारिँदै

2015-08-11

Karnali, Jumla, Chandannath

प्रदेश सीमाङ्कनमा कर्णालीलाई सुदूर पश्चिमसँग गाभिएको विरोधमा आइतबारदेखि सुरु भएको आन्दोलन मंगलबार तेस्रो दिन पनि जारी छ। सबै मुख्य दलको आह्वान भइरहेको आन्दोलनलाई मंगलबार एनेकपा माओवादीले नेतृत्व दिइरहेको छ। जुम्लामा अान्दोलन चर्किंदै गएको स्थितिलाइ ध्यानमा राख्दै थप सुरक्षाकर्मी ल्याइन लागेको छ। नेपालगञ्जबाट ७० जना सशस्त्र प्रहरीको फाैज हेलिकोप्टरबाट जुम्ला उड्न तयारी अवस्थामा छ। 'सशस्त्रको ७० जनाको टोली हेलिकोप्टरबाट आउँदैछ', जिल्ला स्थित स्रोतले भने, 'शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन थप बल झिकाइएको हो।' आन्दोलन चर्किंदै गएपछि हिजो सोमबार जिल्ला प्रशासन कार्यालयको रक्षाका लागि सेना उतारिएको थियो। आन्दोलनकारीले परीक्षा दिइरहेका विद्यार्थीको उत्तरपुस्तिका समेत च्यातिदिएका थिए। जिल्लामा भइरहेको अान्दोलनलाई मुख्य दलले पालैपालो नेतृत्व दिएर अघि बढाइरहेका छन्। आइतबार कांग्रेस र सोमबार एमालेले आन्दोलनको नेतृत्व गरेका थिए। फोन इन्टरनेट सेवा अवरुद्ध आन्दोलन चर्किंदै गएको बेला जिल्ला प्रशासनले नेपाल टेलिकमको सेवा मंगलबार तीन घन्टाका लागि अवरुद्ध पारिने जानकारी दिएको छ। 'टेलिकमको टावर मर्मतको काम भइरहेको छ', प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेल नागरिकन्युजसँग भने, 'त्यही भएर तीन घन्टासम्म टेलिफोन, मोबाइल, इन्टरनेट सेवा बन्द रहन्छ।' उनले दिउसो २ बजेसम्म टेलिकमको इन्टरनेट पनि नचल्ने जानकारी दिए। प्रदेश सीमाङ्कनमा कर्णालीलाई स्वायत्त प्रदेश बनाउनु पर्नेभन्दै आन्दोलन चर्किएको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis