Incident Reports

पेट्रोल बम प्रहार गरी क्याम्पसमा आगजनी

2015-08-12

Bagmati, Makawanpur, Bhimphedi

परीक्षा फारमको विवादलाई लिएर एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अगुवाइमा मकवानपुर बहुमुखी क्याम्पस पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ। बिहान करिब १० बजेको समयमा सञ्चालक समितिको बैठक चलिरहँदा विद्यार्थीहरुले पेट्रोल बम प्रहार गरेको क्याम्पस प्रशासनले जनाएको छ। विद्यार्थीले प्रहार गरेको पेट्रोल बमले सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा क्षति पुगेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मकवानपुर क्याम्पस सचिव राकेश महर्जनलाई पक्राउ गरेको स्थानीय पत्रकार छवि अनित्यले नागरिकन्युजलाई टेलिफोनमा बताए। पेट्रोल बम प्रहार गरेर आगजनी गर्ने कार्यको नेतृत्व अखिल क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष अमृत बर्तौलाले गरेको थिए। घटनामा क्याम्पसका अध्यक्ष डोरमणी पौडेल र सहायक क्याम्पस प्रमुख राजेन्द्र भट्टराईको कार्यकक्षमा क्षति पुगेको छ। क्याम्पसमा सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी संगठन लगायतको आकस्मिक बैठक बसको थियो। बैठकमा सहभागी प्राध्यापकले घटनाका दोषीलाई कारबाही गर्न पछि हट्न नहुने बताएका छन्। स्नातक प्रथम वर्षको परीक्षा फारमको विषयमा विवाद हुँदा विद्यार्थीहरुले तोडफोड सहित आगजनी गरेका हुन्। विद्यार्थीहरुले फारम शुल्क मात्र तिरेर फारम भर्न पाउनुपर्ने माग राख्दै आएका थिए। क्याम्पस प्रशासनले भर्ना तथा मासिक शुल्क तिरेपछि मात्र फारम भर्न पाउनु पर्ने माग राख्दै अाएको थियो। घटना भए पनि फारम भर्न भने नरोकिने क्याम्पसले जनाएको छ। प्रथम वर्षको परीक्षा फारम भर्न क्याम्पसले बुधबारसम्मको म्याद दिएको थियो। एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रशासन बलियो हुन नसक्दा हिंसात्मक घटना दोहोरिएको बताएको छ । अनेरास्ववियु मकवानपुर अध्यक्ष सन्तोष पौडेलले विगतमा विद्यार्थी संगठनका नाममा हुने गरेका अराजक गतिविधिलाई बेलैमा नियन्त्रण नगरिँदा यस्तो घटना भएको आरोप लगाए। प्राध्यापकहरुले भने आफ्ना भातृ संगठनहरुलाई नियन्त्रित गर्न जिल्लास्थित राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। क्याम्पस प्रमुखले बेलैमा विद्यार्थीहरुको अनियन्त्रित क्रियाकलापलाई नियन्त्रण गर्न नसकेको भन्दै उनिहरुले क्याम्पस प्रमुख बच्चुराम अधिकारीको आलोचना समेत गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Weapons Blunt weapon , Improvised explosive device (IED)
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments