Incident Reports

बन्दले पूर्वका नौ जिल्ला प्रभावित

2015-08-13

 सरकारसँग भएको पटकपटकको सहमति कार्यान्वयन नगरी बिना पहिचानसहितको प्रदेश निर्माण गरिएको भन्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले आज पूर्वका नौ जिल्लामा आह्वान गरेको आमहडतालबाट जनजीवन प्रभावित भएका छन्। पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङखुवासभा जिल्लामा आमहडतालको प्रभाव बिहानैबाट परेको छ। यी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन्। विसं १८३१ मा भएको ऐतिहासिक लालमोहर सन्धि, ०६४ फागुन १८ र चैत ६ गते भएको पाँचबुँदे सम्झौता उल्लङ्घन गरिएको र चार दलबीच भएको १६ बुँदे सहमतिपश्चात् ल्याइएको पहिचान बिनाको वेनामे प्रदेशको विरोधमा आमहडताल आह्वान गरिएको पार्टीले जनाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis