Incident Reports

गौरमा मधेसी मोर्चाको विरोध सभा

2015-08-13

Madhes, Rautahat, Gaur

संविधानको मस्यौदामा हचुवाका भरमा चार दलले प्रदेशको सीमांकन गरेको भन्दै मधेसकेन्द्रित दलहरूले मंगलबार गौरमा विरोध प्रदर्शन गरेका छन् । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाद्वारा बुधबार गौरमा निकालिएको जुलुसले नगर परिक्रमा गरेको थियो । प्रदर्शनमा तराई मधेस लोकतान्त्रिक पार्टी, समाजवादी फोरम, सद्भावना, तराई मधेस सद्भावनालगायतका मधेसवादी दल संलग्न थिए । नगर परिक्रमापश्चात् बिपी चोकमा आयोजित सभालाई सम्बोधन गर्दै मधेसवादी दलका नेताले ६ वटा प्रदेशको सीमांकन गरेर चार दलले पहाडे मानसिकता देखाएको आरोप लगाए । उनीहरूले हचुवाका भरमा गरेको सीमांकन सच्याउन माग गरे । संविधानको मस्यौदामा नागरिकतामा विभेद ल्याएर मधेसी जनताको अधिकार खोसेको भन्दै मधेसलाई शासन गर्न प्रमुख चार दलले षड्यन्त्र गरेको मधेसी नेताले आरोप लगाए । मधेसलाई टुक्राटुक्रामा विभाजन गरी कमजोर बनाउने ग्रान्ड डिजाइन रहेको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवको आरोप छ । उता संयुक्त दलित आन्दोलन नेपालले संविधानको मस्यौदामा दलितलाई अधिकारबाट वञ्चित गराएको भन्दै सदरमुकाम गौरको बिपी चोकमा दुई घन्टा चक्काजाम गरेर विरोध जनाएका छन् । संयुक्त दलित आन्दोलन नेपालले सदियौँदेखि दलितलाई उपल्लो जातिले थिचेर राख्दै आए पनि संघीय लोकतान्त्रिक व्यवस्थामा पनि थिचिने कानुन ल्याउन लागेको उनीहरूको आरोप छ । उनीहरूले बिपी चोकमा टायर बालेर दिउँसो १२ बजेदेखि दुई घन्टा चक्काजाम गरे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis