Incident Reports

सुर्खेतमा दलहरुको छुट्टाछुट्टै प्रदर्शन

2015-08-13

Karnali, Surkhet, Lekbeshi

सुर्खेतमा दलहरुले बिहीबार छुट्टा छुट्टै प्रदर्शन गरेका छन्। अखण्ड मध्यपश्चिमको माग गर्दै यसअघि नागरिक स्तरबाट स्वतःस्फुर्त रुपमा सुरु गरिएको आन्दोलन हिंसात्मक बनेपछि त्यसलाई शान्तिपूर्ण बनाउन दलहरु बिहीबार सडकमा आएका हुन्। यद्यपी यहाँका दलहरुले विहीवार विहान वीरेन्द्रनगरमा छुट्टा छुट्टै प्रदर्शन गरेका छन्। सबै राजनीतिक दलहरुले संयुक्त रुपमा शान्तिपूर्ण विरोध र्‍याली निकाल्ने भनिएपनि अन्तिममा आएर उनीहरु आफै विभाजित भएका छन्। सत्ताधारी दलहरु एकातिर भएका छन भने विपक्षी दलहरु अर्कोतिर देखिएका छन्। यस्तै नागरिक संघर्ष समितिका नाममा पनि छुट्टै प्रदर्शन गरिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकले संयुक्त रुपमा प्रर्दशन गरेका छन्। उनीहरुले सुर्खेत राजधानी हुने गरी छुट्टै प्रदेशको माग गर्दै प्रदर्शन गरेका हुन्। अर्कोतर्फ राष्ट्रिय जनमोर्चाले पनि छुट्टै विरोध प्रदर्शन गरेको छ। उसले पुरै नेपाल अखण्ड हुनुपर्ने माग गर्दै प्रदर्शन सुरु गरेको छ। त्यस्तै अखण्ड मध्यपश्चिमको माग गर्दै नागरिकहरुले छुट्टै प्रदर्शन जारी राखेका छन्। त्यसमा राप्रपा लगायतका दलहरुले साथ दिएका छन्। अर्कोतर्फ सुर्खेत आन्दोलनमा अनावश्यक बल प्रयोग गरिएको भन्दै नेपाल मजदुर किसान पार्टीले दोषीलाई कारवाहीको माग गर्दै छुट्टै विरोध सभा सम्पन्न गरेको छ प्रमुख दलहरु केन्द्रको निर्देशन अनुसार आन्दोलनलाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रीत देखिएका छन्। उनीहरुले आज दिउँसो पनि प्रदर्शन जारी राख्ने जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis