Incident Reports

एउटै जिल्लामा फरक दुई बन्दको होडबाजी : जनजीवन अशान्त बन्दै

2015-08-13

एउटै जिल्लामा एक समिति र मधेशी मोर्चाका गरि दुईवटा अनिश्चितकालिन बन्दको होडबाजी चलिरहेको छ । नवलपरासी जिल्लाको विभिन्न बजार, शैक्षिक संस्था, यातायात, राजमार्ग बन्द गराउन दुईटै बन्दकर्ता टोलीको होडबाजी छ । सोही बन्दीको क्रममा अखण्ड नवलपरासीको माग लिएर नवलपरासीमा चलिरहेको ४ दिनदेखिको अनिश्चितकालिन बन्द दिनप्रतिदिन अशान्त बन्दै र सवारी साधन तोडफोड बढ्दै गएको छ । नवलपरासी जिल्ला टुक्राइएप्रति परासीबासीहरु असन्तुष्ट हुँदै बन्दको क्रममा दर्जनभन्दा बढि विभिन्न सवारी साधनहरु तोडफोड समेत गरेका छन् । चार दिनदेखिको बन्दले सर्वसाधारण तथा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । जिल्ला टुक्रिनुहुँदैन जिल्ला टुक्रिएमा कडाभन्दा कडा आन्दोलनमा उत्रिने अखण्ड नवलपरासी संघर्ष समितिका संयोजक रामभवन यादवको भनाई छ । जिल्लामा अनिश्चितकालीन बन्द चलिरहँदा यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि आजदेखि स्वयत्त मधेश प्रदेश कायमको माग गर्दै अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । सत्तामा रहेका दलहरुले मधेशी जनताका हक अधिकारलाई मिचेर ६ संघीय प्रदेशको सीमांकन गरेकोमा मधेशी दलले चित्त दुखाउँदै मधेश प्रदेशको माग गर्दै यो बन्दको आह्वान गरिएको मोर्चाका सदस्य पुरन चौधरीले जानकारी दिए । २४ घन्टै बन्द रहने गरि यो अनिश्चितकालीन बन्दमा यातायात, शैक्षिक संस्थाहरु, बजार, राजमार्ग र विभिन्न नीजि बैँक तथा वित्तिय संस्थाहरु समेत बन्द गराएका छन् । मोर्चाले बन्दको आव्हान गर्दै हिजो साँझ मसाल जुलुस निकाली नाराबाजी समेत गरेको थिए । अखण्ड नवलपरासी समितिको बन्दसँगै मोर्चाको बन्दले जिल्लाको जनजिवन झन प्रभावित भएको स्थानीयले बताएका छन् ।

0 Comments

Related Trend Analysis