Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै कोहलपुरमा प्रदर्शनकारीद्वारा एम्बुलेन्स तोडफोड

2015-08-13

Lumbini, Banke, Kohalpur

बन्दमा विरामी नबोकेर एम्बुलेन्स गुडाएको भन्दै बन्दकर्ताले कोहलपुरमा बिहीबार दिउँसो दुई एम्बुलेन्समा तोडफोड गरेका छन् । बन्दकर्ताले पूर्वपश्चिम राजमार्गको कोहलपुर–२ मैटहवामा दिउँसो साँढे एक बजे दुई एम्बुलेन्समा तोडफोड गरेका छन् । नेपालगन्जबाट बर्दियातर्फ गैइरहेको गेरुवा सामुदायिक स्वास्थ्य केन्द्रको भे १ च १२६३ नम्बरको एम्बुलेन्स र बर्दियाबाट कोहलपुर आईरहेको रेडक्रस शाखा कोहलपुरको भे १ प १७२२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । बन्दकर्ताले एम्बुलेन्सको अगाडि पछाडिका सिसा, ऐना फुटाएका छन् । सडकमा गुडिरहेको एम्बुलेन्समा बन्दकर्ताल लाठ्ठी र ढुङ्गा प्रहार गरि तोडफोड गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएपसी टिकाबहादुर केसीले बताए । तोडफोड गरिएको गेरुवा सामुदायिक स्वास्थ्यको एम्बुलेन्स कोहलपुर प्रहरी चौकीमा राखिएको छ । बिरामी नबोकेर गुडिरहेका एम्बुलेन्स बन्दकर्ताले तोडफोड गरेको केसीले बताए । बन्तकर्ताले कोहलपुरमा बिहीबार आधा दर्जन मोटरसाईकलमा सामान्य तोडफोड गरेका छन् । यस्तै दर्जन मोटरर्साकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बुधबारबाट पश्चिम कञ्चनपुरदेखि मध्य नेपालको चितवनसम्मका १० जिल्ला जोडेर थरुहट प्रदेश घोषणा गर्न माग गर्दै थारु संघसंगठन र राजनीतिक दलमा आवद्ध नेताहरुको आव्हान गरेको अनिश्चितकालिन बन्द गरेका छन् । बुधबार सामान्य रहेको बन्द बिहीबारदेखि कडा पारिएको छ । बन्दले लामो छोटादुरीका यातायातका साधन नचल्दा आम नागरिक समस्यामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 2
National/Online Media

0 Comments

Related Trend Analysis