Incident Reports

भुकम्प पीडितको राहतमा भ्रष्टाचार भएको भन्दै काठमाडौंमा प्रदर्शन

2015-08-13

Bagmati, Kathmandu, Tarakeshwor

बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट पीडित बनेकाहरुको लागि आएको राहत रकममा भ्रष्टाचार भएको आरोप लगाउँदै काठमाडौंको तारकेश्वर नगरपालिकाकास्थित गोलढुंगाका स्थानीयले आज प्रदर्शन गरेका छन् । सचिव र स्थानीय राजनीतिक दलहरुको मिलेमतोमा राहत रकम दुरुपयोग भएको भन्दै तारकेश्वर नगरपालिकाका ९,१०, ११ र १२ बडाका स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् । स्थानीय केदार फुयाँलले रकममा व्यापक अनियमितता भएको भन्दै त्यसविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएको रातोपाटीलाई जानकारी दिए । उनले सो वडाका वास्तविक भुकम्प पीडितले अहिलेसम्म पनि राहत नपाएको दाबी गर्दै पहुँच र राजनीतिक आस्थाका आधारमा केहिले भने अनावश्यक राहत बुझिरहेको गुनासो गरे । यसबारेमा सो बडाहरु हेर्दै आएका सचिव राजु तिम्सिनालाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदिइएपछि आफूूहरु बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको स्थानीयको भनाई छ । वास्तविक भुकम्प पीडितलाई राहत वितरण पारदर्शी ढंगले गरिनुपर्ने, राहत रकममा भएको अनियमितताको छानबिन हुनुपर्ने लगायतका माग राख्दै बालाजु बाइपासबाट केहि दूरीमा पर्ने गोलढुंगाका उनीहरु प्रदर्शनमा उत्रिएपछि अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एक स्थानीयले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments