Incident Reports

जुम्लामा बिहानैदेखि कर्फ्यु, गाउँगाउँबाट खलंगामा भेला हुने क्रम बढ्दो

2015-08-17

Karnali, Jumla, Chandannath, Ward 8

अग्राधिकारसहितको स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा शुरू भएको आन्दोलन हिंसात्मक बन्न थालेपछि स्थानीय प्रशासनले आज ३२ साउनमा पनि बिहानैदेखि कर्फ्यू आदेश जारी गरेको छ । ३१ साउन साँझ ५:३० देखि ३२ साउन विहान ६:३० सम्म लगाइएको कर्फ्यूलाई विहान ८ बजेदेखि फेरि निरन्तर दिंदै अर्को सूचना जारी नभएसम्मका लागि लगाइएको हो । प्रदर्शनकारीले आफैं स्थानीय शासन सञ्चालन गर्ने भन्दै ३१ साउनमा जिल्लाका सरकारी कार्यालय कब्जामा लिएपछि प्रहरीले त्यसको प्रतिकार गर्ने क्रममा गोली चलाउँदा ७ जना घाइते भएका थिए । जुम्लामा ८ दिनदेखि लगातार हडताल र प्रदर्शन जारी छ । जुम्ला सदरमुकाम खलंगामा स्थिति नियन्त्रणभन्दा बाहिर जाँदै गर्दा थप सशस्त्र प्रहरी समेत मगाइएको छ । यसअघि पनि १२० सशस्त्र प्रहरी कोहलपुरबाट नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला ल्याइसकिएको छ । गाउँगाउँबाट सर्वसाधारण आन्दोलनका लागि सदरमुकाम खलंगामा भेला हुने क्रम बढेपछि स्थिति तनावग्रस्त हुँदै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 13
National/Online Media

0 Comments

Related Trend Analysis