Incident Reports

अखणड नवलपरासीपक्षधरद्वारा अाठाैं दिन पनि बन्द जारी

2015-08-17

Gandaki, Nawalparasi East, Binayee Tribeni

अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज आठौँ दिन पनि निरन्तर जारी छ। अखण्ड नवलपरासी हुनुपर्ने भन्दै अखण्ड नवलपरासी सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलनका कारण नवलपरासीमा सम्पूर्ण बजार, वित्तीय सङ्घसंस्था, शैक्षिक सङ्घसंस्था यातायात पूर्णरुपमा बन्द भएका छन् । अखण्ड नवलपरासीको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका अगुवा रामभवन यादवले बताउनुभयो । प्रस्तावित प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्र्याएको भन्दै नवलपरासी दाउन्ने पश्चिम क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । यसैबीच थरुहट सङ्घर्ष समिति र मधेसी मोर्चाको बन्दका कारण नवलपरासीको जनजीवन प्रभावित बन्दै गएको छ । नवलपरासीको बासाबसही चोकमा प्रहरीले बन्दकर्तामाथि हस्तक्षेप गर्दा छ जना आन्दोलनकारी घाइते भएका छन् । त्यसैबीच बेलासपुर चोकमा बाटो बन्द गरी बसिरहेको बन्दकर्तालाई पनि सशस्त्र प्रहरीले लाठीचार्ज गरी बाटो खुलाउन खोज्दा तीनजना बन्दकर्ता घाइते भएका छन् । बन्दका क्रममा तीनवटा गाडी जलाइएको छ भने प्रेस, प्रहरी र निजीलगायत करिब दुई दर्जन सवारी साधन तोडफोडसमेत भएका छन् । प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप हुँदा दुवै पक्षका गरी २० भन्दा बढी घाइते भएका छन् । आठ दिनदेख चलिरहेको बन्दले आज पनि उद्योग, कलकारखाना, यातायात, शैक्षिक सङ्घसंस्था, बजार ठप्प छन् । जिल्लामा अखण्ड नवलपरासी सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट थरुवान सङ्घर्ष समिति र वैद्य माओवादीसमेत गरी चार पक्षको फरकफरक बन्द जारी छ। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis