Incident Reports

झापाको बिर्तामोडमा बन्द बिरुद्ध प्रदर्शन

2015-08-18

Province 1, Jhapa, Birtamod, Ward 3

मधेसी मोर्चा, थारु संघर्ष समिति, कोचिला संघर्ष समितिलगायतका दलले अनिश्चित कालका लागि सोमबारबाट तराई बन्द गर्ने भनिए पनि झापामा त्यसको प्रभाव देखिएको छैन । बिर्तामोडमा बन्दविरोधी प्रदर्शन भएको छ । बिर्तामोडमा बिहान बन्दको सामान्य प्रभाव देखिए पनि ९ बजे पछि प्रभाव शून्य बनेको छ । यद्यपि बन्दको प्रचारले राजमार्गमा पातलो सवारी साधन चलेका छन् । लगातारको तीन दिनको बन्दले आजित नागरिकले झापाका प्रमुख बजार खुला राखेका छन् । बन्दको प्रचारले झापाको मुख्य बजार बिर्तामोड केही ढिला गरी खुलेको छ । बिर्तामोड ९ बजेपछि खुलेको हो । बजार खुल्दै गएपछि युवा व्यवसायीले बन्दको बिरोध गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डा बोकेका व्यवसायीहरुले बन्द सधैंका लागि बन्द गर, बन्द गर्न पाईँदैन, रोजीरोटी खोस्न पाइँदैनलगायतका नारा लगाउँदै बिर्तामोड परिक्रमा गरेका छन् । व्यवसायीहरुको र्‍यालीपछि आयोजित कोणसभामा वक्ताहरुले बन्दको साटो आन्दोलनको अर्कै बिकल्प खोज्न आग्रह गरेका छन् । व्यवसायीले सडकमा बन्दकर्ता नदेखेपछि स्वतस्फूर्त पसल खुला गरेका हुन् । पसल खुलेसँगै यातायातका सवारी साधन सञ्चालनमा आएका छन् । यात्रुबाहक बस भने पातलो रुपमा सञ्चालित छन् । सम्वाद समूह र झापाका बन्दकतावीच सोमबार झापाको बिर्तामोडमा भएको छलफलमा बिद्यालय बन्द नगर्ने सहमति भएको थियो । सहमति अनुसार झापाका सबै शैक्षिक संस्था आज सञ्चालनका आएका छन् । सदरमुकाम चन्द्रगढी, पूर्वी नाका काँकरभिट्टा र दमक बिहानैदेखि खुला छन् । सुरुङ्गा बजार यसअघि नै बन्द निशेधित क्षेत्र भएकाले त्यहाँ कहिल्यै कसैको पनि बन्दको प्रभाव पर्दैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Tharu Organizations Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments