Incident Reports

अान्दाेलनकारीले घाेषणा गरे 'अखण्ड मध्यपश्चिम प्रदेश'

2015-08-19

Karnali, Surkhet, Birendranagar, Ward 10

अखण्ड मध्यपश्चिम र संघीय राज्यको राजधानी सुर्खेत माग्दै आन्दोलनरत संयुक्त नागरिक संघर्ष समितिले मंगलबार 'अखण्ड मध्यपश्चिम प्रदेश' घोषणा गरेको छ। समितिले वीरेन्द्रनगर बजारमो मुख्य प्रवेशद्वार मंगलगढी चोकमा 'अखण्ड मध्यपश्चिम प्रदेश' लेखिएको साइन बोर्डसमेत राखेको छ। 'प्रमुख चार राजनीतिक दलहरुले पार्टीको झण्डा समातेर आन्दोलन तुहाउन थालेपछि हामीले प्रदेश घोषणा गरेका हौं,' नागरिक संघर्ष समितिका संयोजक देवेन्द्र बिसीले भने, 'बुधबारदेखि निषेधाज्ञा तोडेर सरकारी कार्यालयमा पनि प्रदेशका बोर्डहरु राख्छौं ।' आन्दोलन सुरु भएको १० दिन बितिसक्दा पनि सरकारले सुर्खेती जनताका मागहरु सम्बोधन नगरेको भन्दै बिसीले दबावमूलक कार्यक्रम सुरु गरिएको बताए । 'अहिले हामीले बोर्ड मात्रै राखेका छौं । अवको तीन दिनभित्र हाम्रा मागहरु पूरा नएर संघीय सरकार सञ्चालन सुरु गछौं,' उनले भने । समितिले बुधबारदेखि सरकारी कार्यालयमा पनि अखण्ड मध्यपश्चिम प्रदेशका बोर्डहरु राख्ने तयारी गरेको छ । अखण्ड मध्यपश्चिम र संघीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै १० दिनदेखि आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा तीन जनाले ज्यान गुमाइसकेका छन् । कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय कुमुन्दश्याम गिरीले मध्यपश्चिमका जनताको भावनाको गदर गर्दै चा"डोचन्दा चा"डो मागलाई सम्बोधन गर्न आग्रह गरे । 'सुदूरपश्चिमले अखण्ड माग्दा दिने सरकारले मध्यपश्चिमलाई उपेक्षा गर्न पाइँदैन्' उनले भने, 'चाँडो माग सम्बोधन नगरिए स्थानीय स्तरबाटै सरकार सञ्चालनको सुरुवात गछौं ।'कार्यक्रममा एमाले नेता कुलमणि देवकोटा, राप्रपाका अध्यक्ष कवीराम पुरी, नेकपा–माओवादीका केन्द्रीय सदस्य चक्रपाणि शर्मा, चन्द माओवादीका नेता प्रचण्ड पोखरेललगायतले बोलेका थिए ।

0 Comments

Related Trend Analysis