Incident Reports

तौलिहवा र चार नम्बर दिनभर तनावग्रस्त, १५ सुरक्षाकर्मी घाइते

2015-08-19

Lumbini, Kapilbastu, Kapilbastu

प्रस्तावित ६ प्रदेश बिरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा प्रहरीबीच झडप हुँदा कपिलवस्तुको सदरमुकाम तौहिलवा दिनभर नै तनावग्रस्त बनेको छ । आन्दोलनकारी र प्रहरीबीच दिउँसो २ बजे देखि साँझ ६ बजेसम्म ढुंगा हानहान हुँदा तौहिलवा बजार तनावग्रस्त बनेको हो। २ हजार बढीको संख्यामा रहेका आन्दोलनकारीले प्रहरीमाथि लगातार ढुंगा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन दर्जनौ राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक बिक्रम गुरुङले १ सय १० राउन्ड अश्रु ग्यास, २५ थ्रिनट र ३ ग्रिनेट प्रयोग गरिएको जानकारी दिए । प्रहरीको गोली प्रहारबाट दुई जना आन्दोलनकारी घाइते भएका छन् । कपिलवस्तु नगरपालिका ५ बस्ने राजेन्द्र महरा तथा वडा नम्बर १२ बस्ने पुन्यवासी कहाँरलाई गोली लागेको छ । कहारको पाखुरा तथा महराको घुडामा गोली लागेको मोर्चाका नेता तथा सभासद बृजेश कुमार गुप्ताले बताए । दुबैको तौलिहवा अस्पतालमा उपचार पछि गोली निकालिएको थियो । झडपमा एक दर्जन मोर्चाका कार्यकर्ता घाइते भएको जनाइएको छ। झडपमा परी प्रहरी उपरिक्षक विक्रम गुरुङसहित १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी घाइते भएको प्रहरी निरीक्षक रबिन्द्र गुरुङले बताए । मंगलबारको प्रहरी झडपपछि बुधबार विहानैदेखि आक्रामक बनेका आन्दोलनकारीहरुले प्रशासन कार्यालयमा ढुंगा प्रहार गरेपछि दोहोरो झडप सुरु भएको थियो । प्रमुख प्रहरी उपरीक्षक विक्रम गुरुङले केही आन्दोलनकारीहरुलाई पक्राउ गरिएको बताए । प्रहरीले तौहिलाव अस्पताल र कपिलवस्तु नगरपालिका परिसमा पसेरसमेत लाठी चार्ज गरेको मोर्चाले आरोप लगाएकोे छ । अस्पतालका स्वाथ्यकर्मी र बिरामीमाथि दमन गरिएको मोर्चाका नेता अब्दुल रसिद खाँले आरोप लगाए । यता मोर्चाका नेता तथा सभासद वृजेश कुमार गुप्ताले आन्दोलनकारीलाई संयम रहन आग्रह गरे पनि आन्दोलन हिंश्रक बनेको थियो । मधेश आन्दोलनलाई बदनाम गराउन केही दलले आफ्ना कार्यकर्ता छिराएर हिंस्रक बनाउन खोजेको उनले आरोप लागाए । उता मोर्चाका कार्यकर्ताहरुले बुधबार विहानै तिर्तिखी गाविस कार्यालयमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै २०–२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव राजेश कुर्मीले जानकारी दिए । मंगलबार आन्दोलनकारीहरुले जिल्लाका ३ वटा सरकारी कार्यालयम आगजनी र तोडफोड गरेका थिए । स्थाानियबासीहरुले शान्तिपूर्ण आन्दोलन गर्न मोर्चासँग आग्रह गरेका छन् । मोर्चाको माग जायज भएपनि आन्दोलन उग्र बन्दै गएको प्रति मानवअधिकारकर्मी तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् । यसै गरी शशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्यादपुरले एक थान बन्दुक नियन्त्रणमा लिएका छन् । बैदौली ३ मा आन्दोलनकारीले बन्दुक लिएर प्रर्दशन गर्दै गर्दा प्रहरीले १२ बोरको उक्त हतियार नियन्त्रणमा लिएको थियो । सुरक्षा बलले हतियार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । उता बाणगंगा नगरपालिकाको चार नम्बरमा स्थानीयबासी र आन्दोलनरत थारु कल्यणकारिणीसभाका कार्यकर्ताबीच बुधवार दिउसो झडप हुँदा एक दर्जन घाइते भएका छन् । थारु संबन्ध मोर्चाका कार्यकर्ताहरुले चार नम्बरमा कोणसभा गरिरहेको बेला झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी स्थानीय तर्फ राजेश सेन, ईश्वर थापा, समिर सेन घाइते भएका छन् भने आन्दोलनकारी तर्फ हरि थारु, रामलोचन थारु, देवनारायण थारु, पदम बहादुर थारु र रामबहादुर थारु लगाएतका घाइते भएका छन् । भागदौडको क्रममा अन्य समेत घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना स्थानीय राजेश सेन सहित तथा २ जना आन्दोलनकारीलाई थप उपचारका लागि बुटवल पठाइएको अस्पतालले जनाएको छ । आन्दोलनकारीले बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको भे५प४१५८ नंम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा आन्दोलनकारीले तोडफोड गरेपछि स्थानीय र आन्दोलनकारीबीच विवाद बढेको हो । आन्दोलनकारी र स्थानीय संघसंस्थाबीच आज दिउसो भएको सहमतिमा शान्तिपूर्ण सद्भाव र्याली आयोजना गर्ने भनिएपनि आन्दोलनकारी लाठि सहित सयौंको संख्यामा उपस्थित भएपछि चारनम्बर बजार तनावपूर्ण बनेको थिए । झडप सिर्जना भएपछि आन्दोलनकारी चढेर आएका ५० बढी साइकल छाडेर गएका थिए । चारनम्बर बजार क्षेत्रमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक मुरलीमोहन अधिकारीले दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon , Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Trend Analysis