Incident Reports

प्रहरीले स्थानीयलाई दियो निर्मम यातना

2015-08-16

Province 1, Bhojpur, Bhojpur, Ward 7

भोजपुरको रानिबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको छ । व्यक्तिगत लेनदेनको विषयमा प्रहरीले रानीबास–२ पेक्लाका ५५ वर्षीय रहरमान राईलाई निर्मम कुटपिट गरेको हो। राईलाई व्यक्तिगत लेनदेनको विषयमा परेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरीले आइतबार अपरान्ह पक्राउ गरी मरणासन्न हुने गरी कुटेका हुन् । प्रहरीको कुटाइबाट राई गम्भिर घाइते भएका छन् । घटना साउन ३१ गतेको भए पनि भर्खर सार्वजनिक भएको छ । घटनालाई गाउँमै ढाकछोप गर्न खोजिए पनि राईका परिवारका सदस्य र आफन्तले बाहिर ल्याएका हुन् । प्रहरीको कुटाइबाट गम्भिर घाइते बनेका राईको शरीरभरी निलडाम र चोट छ । उनको गाउँमा रहेको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सुविधासम्पन्न अस्पतालमा लान स्वास्थ्थकर्मीहरुले सुझाव दिएका छन् । प्रहरीले घटना ढाकछोप गर्न जिल्ला बाहिर नै उपचार गराउन लाने तयारी गरेका छ । तर, राईका परिवारले जिल्ला अस्पतालमा उपचारका लागि ल्याउँदै उजुरी गर्ने तयारी गरेका छन् । जिल्लामा राईलाई लाँदा घटना बाहिर आउने भएपछि प्रहरीले यस्तो षडयन्त्र बुनेको पीडित परिवारको आरोप छ । पीडित राईले आफूँमाथि प्रहरी नायव निरिक्षक लगायत नौ जना प्रहरीले यातना दिएको बताएका छन् । पीडित राई विरुद्ध रानीबास–३ का गंगाराम राई, सानीमाया राई, कौशिला राई, सर्मिला राई, प्रमिला राईले संयुक्त रुपमा उजुरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयबाट खटिएका चार जना प्रहरीले पीडित राईलाई आइतबार मेलाबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय घोरेटार लगेका थिए । प्रहरीले आफूलाई हिरासतमा राखेर 'छिमेकीका पैसा खाने तँही हैनस्' भन्दै रातभर यातना दिएको पीडितले बताएका छन् । पीडित राईले श्रीमती मनमाया राईमार्फत केहीवर्षअघि विदेश जानको लागि छिमेकी देशबहादुर राईको श्रीमती सुमित्रा राईसित १७ हजार दुई सय रुपैंयाँ ऋण सापटी लिएका थिए । सोही ऋण समयमा तिर्न नसकेपछि सुमित्रा राईको छोरीहरु सर्मिला राई, कौशिला र प्रमिला राईले उक्त लेनदेनमा साक्षी बसेका गंगाराम राई र उनको श्रीमती सानीमाया राई समेतले प्रहरीलाई उजुरी दिएका थिए । आफूले छिमेकीबाट लिएको ऋण तिर्न नसकेपछि धरौटीवापत सात वर्षदेखि व्याज मरौनी आधा घरवारी दिइसकेको भएपनि उनिहरुले सधै दुःख दिने गरेको पीडित परिवारको भनाइ छ । राई विदेशबाट फर्किएपछि ऋणको साँवाव्याज बुझाउन जाँदा दोब्बर मागेपछि पाँच बर्षअघि ३५ हजार रुपैंयाँ दिंदा समेत उनिहरुले लिन नमानेको पीडित परिवारको भनाइ छ । प्रहरीमा उजुरी परेपछि पक्राउ परेका बाबुलाई ऋणमुक्त गराउन छोरी सुमित्रा राईले प्रहरीको रोहवरमा ५२ हजार रुपैंयाँ तिरेर बाबुलाई हिरासत मुक्त गराएकी थिइन् । घटनाबारे इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरीक्षक चिरन्जिवी दाहालले गल्ती भएको स्विकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार लम्सालले आफूलाई यसबारे घोरेटार इलाकाले जानकारी नदिएको बताए । 'म ३१ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन आएको थिए, घटना त्यही दिन भएको रहेछ, मलाई जानकारी नै गराएनन्', डिएसपी लम्सालले भने,' प्रहरीले ठगी, लुटपात, चोरी डकैती सम्बन्धि मुद्दा मात्रै अनुसन्धान गर्छ, व्यक्तिगत लेनदेनको मुद्दा हेर्देन डिएसपी लम्सालले भने घटनामा संलग्न प्रहरीलाई कारबाही हुन्छ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments