Incident Reports

थरुहट कार्यकर्ताद्वारा सवारीसाधन तोडफोड

2015-08-19

Lumbini, Banke, Nepalgunj

थरुहट मधेस संयुक्त मोर्चाले नेपालगन्जबाट कोहलपुर जाँदै गरेको सवारीसाधनमाथि ढुंगामुढा गरेका छन् । मोर्चाका कार्यकर्ताले गएराति साढे ९ बजे पिपरी चोक नजिकै बस, ट्रक, पत्रिका बोकेको जिप र एम्बुलेन्समाथि ढुंगा हानेका थिए । लुकेर बसेका कार्यकर्ताले ढुंगामुढा गर्दा ६ जना घाइते भएका छन् । जसमा दुईजना सामान्य उपचारपछि घर गएका छन् भने ३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । एकजनालाई काठमाडौं लगिएको छ । डोल्पा रिमी- ५ का धनराज ऐडीको आँखामा सिसा गडेकोले जहाज मार्फत काठमाडौं लगिएको छ । यस्तै घाइते हुनेमा एम्बुलेन्सका चालक सुर्खेत महलकुना-३ की ३३ वर्षीया तारा नेपाली, ट्रक चालक ललितपुर प्युठा-८ का २५ वर्षीय नविन बजगाईं र बाँके चिटिहिरिया-६ का माधवराज थारु छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बसन्तराज पन्तका अनुसार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १८ जना थरुहट कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले १२ जनालाई अनुसन्धानपछि छाडेको छ भने ६ जनालाई थप अनुसन्धान गर्न राखेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 18
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 4
Totally damaged Vehicles 2
National/Online Media

0 Comments

Related Trend Analysis