Incident Reports

संयुक्त विरोधसभामा आक्रमण

2015-08-20

Karnali, Surkhet, Birendranagar

अखण्ड मध्यपश्चिम र संघीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै पहिलोपटक जिल्लास्थित सबै दलले आयोजना गरेको संयुक्त विरोधसभामा आक्रमण भएको छ। नेपाल प्रध्यापक संघको संयोजनमा पिपलचौतारमा बिहीबार भएको सभामा पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती बोल्दै गर्दा केही आन्दोलनकारीले माइक खोसेर तोडफोड गर्नुका साथै पार्टीका झन्डा च्यातेका थिए। सभामै आक्रमण भएपछि राजनीतिक दलका नेता तथा कार्यकर्ता भागेका थिए। आन्दोलनकारीले 'अखण्ड मध्यपश्चिम' लेखिएको दलको ब्यानर खोस्दै बजार क्षेत्र प्रवेश गरेर मेडिकलदेखि राजनीतिक दलका पार्टी कार्यालयमा आक्रमण गरेका थिए। प्रहरीले ५० भन्दा बढीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्। 'अखण्ड मध्यपश्चिम' लेखिएको ब्यानरसहित बजार प्रवेश गरेका आन्दोलनकारीले बसपार्कमा पार्किङ गरेर राखिएका चारवटा बस तोडफोड गरेका छन्। हटियालाइन, कांग्रेस पार्टी कार्यालय, लक्ष्मी हल लाइन, बुद्धपथ हु"दै न्युरोड पुग्दासम्म आन्दोलनकारीले १० वटा होटल, दुई मेडिकल र केही गाडी तोडफोड गरे। एमाओवादी पार्टी कार्यालयमा ढंुगा हान्नेक्रममा प्रहरीले आन्दोलनकारीलाई लखेटेको थियो। आन्दोलनकारी लखेट्दै मंगलगढी चोक पुगेको प्रहरीले ५० भन्दा बढीलाई पक्राउ गरेको छ। 'सार्वजनिक सम्पत्तिमा आक्रमण गर्नुका साथै दलका पार्टी कार्यालयमाथि पनि आक्रमण हुन थालेपछि हामीले आन्दोलनकारीलाई लखेट्दै केहीलाई पक्राउ गरेका छौं,' प्रहरी उपरीक्षक राजेशकुमार लालकर्णले भने, 'दलको नेतृत्वबाहिर आन्दोलन गएपछि हामी बल प्रयोग गर्न बाध्य भएका हौं।' प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले दलको सभा बिथोल्नुका साथै सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने बताए। 'शान्तिपूर्ण आन्दोलन भाँड्ने कार्यमा संलग्नलाई कुनै पनि हालतमा छाड्दैनौं,' उनले भने, 'कानुनअनुसार कारबाही गछौं।' उच्छृंखल आन्दोलनकारी प्रदेश सीमांकनमा मध्यपश्चिमलाई टुक््रयाइएको भन्दै ११ दिनदेखि सुर्खेतमा आन्दोलन भइरहेको छ। आन्दोलनकै क्रममा गत सोमबार तीन प्रदर्शनकारीको मृत्यु भएको थियो। ५० भन्दा बढी घाइते छन्। बेलगाम बन्दै गएको आन्दोलनलाई नियन्त्रणमा लिन गत मंगलबारदेखि प्रमुख चार राजनीतिक दल पार्टीको झन्डासहित आन्दोलनमा थिए भने राप्रपा नेपाल, राप्रपा, नेकपा–माओवादी, संघीय समाजवादी फोरमलगायत पा"च दल नागरिक समाजको नाममा आन्दोलनरत थिए। छुट्टाछुट्टै आन्दोलन अर्थपूर्ण नभएपछि बिहीबार बिहान जिल्लास्थित १२ राजनीतिक दलबीच पार्टीको झन्डा त्यागेर संयुक्त कार्यक्रम गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेपाल प्राध्यापक संघको ब्यानरमा सबै राजनीतिक दलले मंगलगढी चोकबाट र्यासली निकाले। आ"खा अस्पतालको निषेधित क्षेत्र पुग्नेबेलै राजनीतिक दलले र्यासलीलाई बुद्धपथतर्फ डोर्याटउन खोजेका थिए। तर, राजनीतिक दलका नेतालाई पछार्दै आन्दोलनकारीले निषेधित क्षेत्र तोडे। घन्टाघर लाइनको निषेधित क्षेत्र तोड्न लाग्दा पनि दलहरुले रोक्ने प्रयास गरेका थिए। तर, दलको नेतृत्वमाथि नै आन्दोलनकारी जाइलाग्न थाले। उच्छृंखल आन्दोलनकारीलाई निषेधित क्षेत्रमै छोडेर पिपलचौतारमा विरोधसभा गर्न पुगेका दलका नेतामाथि तिनै आन्दोलनकारी जाइलागे। घुसपैठ भयो : दल जिल्लास्थित राजनीतिक दलले आन्दोलनमा घुसपैठ भएको अरोप लगाएका छन्। उनीहरुले आन्दोलन तुहाउनका लागि केही उच्छृंखल समूह र व्यक्ति लागेको अरोप लगाएका छन्। 'शान्तिपूर्ण बन्दै गएको आन्दोलनलाई फेरि हिंसात्मक बनाउनका लागि आन्दोलनमा घुसपैठ भएको छ,' कांग्रेस कोषाध्यक्ष गोविन्द कोइरालाले भने, 'यस्ता तŒवको पहिचान गरेर प्रशासनले कारबाही गर्नुपर्छ।' एमाले अध्यक्ष ध्रुवकुमार शाहीले आन्दोलन सफल हुन नदिने तŒवले शान्तिपूर्णसभा बिथोलेको बताए। 'सुर्खेतलाई संघीय राज्यको राजधानी बनाउने अभियानविरोधीहरूले अवरोध गरेका हुन्,' अध्यक्ष शाहीले भने, 'हाम्रो शान्तिपूर्ण आन्दोलन रोकिँदैन।' एमाओवादी अध्यक्ष नरबहादुर विष्टले देश विखण्डन गर्न चाहनेहरुले आन्दोलन भा"डेको बताए। 'सुर्खेतलाई संघीय राज्यको राजधानी बनाउन नचाहने बिखण्डनकारीले आन्दोलन तुहाउन खोजेका हुन्,' उनले भने, 'तिनको पहिचान गरेर तत्काल कारबाही गरिनुपर्छ।' एमाले कार्यालयमा ढुंगामुढा कालिकोट संवाददाता पवित्रकुमार शाहीका अनुसार प्रदर्शनकारीले बिहीबार चर्का नाराबाजी गर्दै नेकपा एमालेको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रदर्शनकारीले ठूला दलका नेताले गर्दा देश बिग्रिएको भन्दै ढुंगा हानेका हुन्। आन्दोलनकारीले नभई घुसपैठ भएर एमाले कार्यालयमा ढुंगा प्रहार भएको दलका नेताले आशंका गरेका छन्। तोडफोडमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले भगाएको थियो। घटनालगत्तै सर्वदलीय तथा सर्वपक्षीय बैठकले पार्टी कार्यालयमा ढुंगा हानिएको घटनाको भत्सर्ना गरेको छ। आन्दोलनमा घुसपैठ हुन नदिने र प्रत्येक पार्टीबाट कर्णाली प्रदेश बनाउन दबाब सिर्जनाका लागि केन्द्रमा मागपत्र पेस गर्ने निर्णय बैठकले गरेको नागरिक संघर्ष समितिका संयोजक सूर्यबहादुर शाहीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals Nepali Congress and affiliated org UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis