Incident Reports

भैरहवामा पाँच दिनसम्मका लागि कर्फ्यू जारी

2015-08-22

सुरक्षा संवदेनशीलताका कारण प्रशासनले भैरहवामा पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान ११ बजेदेखि भदौ ९ गते सम्मका लागि नगरमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताए। आउँदो बुधबार साँझसम्म नगरभित्र सभा सम्मेलन गर्न, पाँच वा सो भन्दा धेरै व्यक्ति समुहमा हिँड्न नपाइने गरी निषेधाज्ञा जारी गरीएको प्रशासनले जनाएको छ।भैरहवा पूर्वमा बसन्तपुर,पश्चिममा मायादेवी चोक, उत्तरमा अचलपुर र दक्षिणमा बेलहिया सम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरीएको प्रजिअ ढकालले बताए । बिगत दश दिनदेखि जारी मधेसी मोर्चा र थरुहट संघर्ष समितिले गरेको बन्द तथा प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसैबीच आन्दोलनरत मधेसी मोर्चा तथा थरुहट संघर्ष समितिले रुपन्देहीमा जारी अबको आन्दोलनलाइ शान्तिपूर्ण बनाउने सहमति गरेका छन । आज स्थानीय प्रशासन, आन्दोलनरत पक्ष मधेशी मोर्चामा आवद्ध दलका नेता तथा थरुहट संघर्ष समितिबीच भएको छलफलमा आन्दोलनका क्रममा आगजनी तोडफोड लगायतका गतिविधि हुन नदिने सहमति भएको प्रमुख जिल्ला अधिकारी ढकालले नागरिकन्युजलाई बताए। छलफलमा आन्दोलनरत पक्षले संयमता अपनाउने र प्रशासनले पनि आन्दोलनरत पक्षका अगुवा तथा स्थानीय नेताहरुको सुरक्षाको प्रत्याभूति गर्ने, आन्दोलनका क्रममा खोलामा हाम फाल्दा मृत्यु भएका आन्दोलनकारीका लागि उचित क्षतिपूर्र्तिका लागि पहल गरी दिने तथा दुवैतर्फ भएको तोडफोड र आगजनीको क्षतिपूर्तिको मुल्यांकनका लागि समिति गठन गर्नेलगायतका विषयमा सहमति भएको प्रजिअ ढकालले बताए । प्रदर्शनका नाममा आन्दोलनकारी गत बिहीबारदेखि तोडफोड तथा आगजनीमा उत्रेपछि भैरहवा तनावग्रस्त बनेको थियो । आन्दोलन अराजक बन्दै गएपछि लामो समयको बन्दले आजित नगरबासी बिहीबारै त्यसको प्रतिकारमा उत्रेका थिए । बिहीबारको झडपमा प्रहरीको लाठीबाट बच्न डण्डा खोलमा हाम फालेका आन्दोलनकारी मध्ये हराइरहेका एक युवाको शव खोला किनारमा भेटिएपछि बन्दकर्ताहरुले आन्दोलन थप चर्काउने बताए थिए । बिहीबार र शुक्रबार भैरहवा नगरभित्र स्थानीयको प्रतिकार र सदभाव र्याली निस्किन थालेपछि बन्दकर्ताहरुले नगरबाहिर बेथरी, मर्चवार, लुम्बिनी,वसन्तपुर धकधही लगायतका क्षेत्रमा आन्दोलनलाइ केन्द्रित गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations , Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments