Incident Reports

अन्नपूर्ण पोस्ट्को‍ गाडीमा तोडफोड

2015-08-23

Province 1, Sunsari, Duhabi

सुनसरीको इटहरीबाट विराटनगरतर्फ अन्नपूर्ण पोस्ट् पत्रिका बोकेर जाँदै गरेको गाडीमाथि थारुहटका कार्यकर्ताले आइतबार विहान दुहबी बजारमा तोडफोड गरेका छन् । अन्नपूर्ण पोस्ट् बोकेर विराटनगर जादै गरेको को १ ज १७३५ नम्बरको उक्त गाडिलाई बन्दकर्ताहरुले दुहबी बजारमा रोकेर चालक मनोज दाहाललाई नियन्त्रणमा लिएर गाडि तोडफोड गरेका छन् । पूर्वी थरुहट संघर्षसमितिका कार्यकर्ताहरुले गाडि तोडफोड गरी क्षति पूर्याएको प्रहरीले बताएको छ । बिहान साडे २ बजे इटहरी स्थित अन्नपूर्ण पोष्टको प्रेसबाटबाट पत्रिका बोकेर विराटनगर जादै गर्दा बन्दकर्ताहरुले आफुलाई नियन्बणमा लिएर गाडि तोडफोड गरी पत्रिका च्यातेर सडकमा फालिदिएको चालक दाहालले बताएका छन् । उनले प्रहरी कै अगाडि बन्दकर्ताहरुले गाडि तोडफोड गरेको बताएका छन् । तोडफोट गाडिको विभिन्न भागका सिसा फुट्नुका साथै गाडिको अगाडि पट्टीको भाग कुच्चिएको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरक्षिक बेदप्रसाद गौतमले पत्रिकाको गाडि तोडफोड गर्नासाथ प्रहरी परिचालन गरी आक्रमण गर्नेलाई लखेटेको बताएका छन् । उनले आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए । उनले प्रहरीको अथक प्रयासका वाबजुत पनि बन्दकर्ताहरुले गाडि तोडफोडको घटना प्रति माफि समेत मागेका छन्। आन्दोलनकारीले अन्नपूर्ण पोष्टको गाडिमा तोडफोड गरी पत्रिका च्यातेपछी विराटनगरका पाठकहरुले अन्नपूर्ण पोष्ट दैनिक पढनबाट बञ्चित भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले अन्नपूर्ण पोष्टको पत्रिका बोक्ने गाडिमाथि तोडफोड गर्नु निन्दनय भएको बताएका छन् । उनले पनि आक्रमण गर्नेलाई पक्राउ गरी कार्वाहि पत्रिया अगाडि बढाउन प्रहरीलाई निदेृशन दिएको बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले पनि अन्नपूर्ण पोष्ट पत्रिकार बोकर विराटनगर जादै गरेको गाडि तोडफोड गरिएको घटनाको भत्र्सना गरेका छन् । उनले आक्रमणकारीलाई पक्राउ गरी कार्वाहि गर्न र शान्ति सुरक्षाको ग्यारेण्टि गर्न सरकारसंग माग गरेका छन् । उनले आन्दोलनको नाममा प्रेसमाथिको आक्रमण सहनिय नभएको भन्दै बन्दकर्ताहरुलाई संयमित हुन पनि आग्रह गरेका छन् । पूर्वका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा र उदयपुरलाई १ नम्बर प्रदेशमा राखेको भन्दै थरुहटका कार्यकर्ताहरुले उक्त जिल्लालाई छुट्टै थरुहट राज्यको माग गर्दै ९ दिनदेखि बन्द हड्तालमा उत्रिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis