Incident Reports

व्यवसायीहरूद्वारा एमाओवादी पार्टी कार्यालयमा तालावन्दी

2015-08-23

Karnali, Salyan, Sharada

जिल्लाका व्यवसायीहरूले एमाओवादीको पार्टी कार्यालयमा भदौ ५ गते तालाबन्दी गरेका छन् । दोस्रो संविधानसभाको चुनावको बेला एमाओवादीले व्यवसायीबाट ऋण लिएर अहिलेसम्म नतिरेको भन्दै तालाबन्दी गरेको सल्यान रूकुम यातायात व्यवसायी समितिका अध्यक्ष एवं एमाओवादीका जिल्ला सदस्य लोकमान बुढाथोकीले बताए । बुढाथोकीले ऋण कति थियो भनेर खुलाउन चाहेनन् । एमाओवादी अध्यक्ष कर्णबहादुर बुढाथोकीले निर्वाचन परिचालन समितिका अध्यक्ष कृतिबहादुर पुनले पार्टीले लिएको ऋणको विषयमा आफूलाई थाहा नभएको बताए । दोस्रो संविधानसभामा सल्यान क्षेत्र नम्बर १ बाट एओवादीका टेकबहादुर बुढाथोकी विजयी भएका थिए भने भीमप्रकाश शर्मा क्षेत्र नम्बर २ का उम्मेदवार थिए । एमाओवादीका केन्द्रिय सदस्य तथा सभासद टेकबहादुर बस्नेतले पार्टी व्यवसायीहरूलाई ऋण तिर्न बाँकी रहेको बताए । उनले दोस्रो संविधानसभा निर्वाचनमा प्रयोग भएको गाडी, खानपान र खटन पटन वापतको ऋण भएको बताउँदै केही चुक्ता गरेको र केही चाडैँ तिर्ने बताए । ऋण रकम कति थियो भन्ने बारेमा एमाओवादीका नेताहरूले खुलाउन चाहेनन् । मिना बुढाथोकी
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
INSEC

0 Comments