Incident Reports

नेपालगञ्जमा प्रशासनद्वारा निषेधाज्ञा जारी

2015-08-23

Lumbini, Banke, Nepalgunj

नेपालगञ्जमा तनाव बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालयले भदौ ६ गते आर्को आदेश नहुन्जेलसम्मको लागि निषेधज्ञा आदेश जारी गरेको छ । जिल्लासुरक्षा संयन्त्रको बैठकको निर्णयले निषेधज्ञा लगाउने निर्णय गरेको हो । आर्को आदेश नआउन्जेल सम्मका लागि पूर्व राँझा , पश्चिम नन्दनी मिल, दक्षिण जमुनाह नाका र उत्तर फुलटेक्रा क्षेत्रभित्र निषेधज्ञा जारी गरेको हो । निषधज्ञा क्षेत्र भित्र, सभा सम्मेलन, जुलुस गर्न बन्देज लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । नेपालगञ्जमा बन्दकर्ताहरुले केही मोटरसाइकलमा तोडफोड गरेका छन् । तोडफोड पछि बन्द खुलाउने समुह पनि स्वस्फुर्त सडममा निस्कन थाले पछि स्थानीय प्रशासनले दुई समूहबीच हुन सक्ने झडप र धन जनको क्षतिलाई मध्यनजर गर्दै निषेधज्ञा जारी गरेको हो । यसैगरी बन्दकर्ताहरुले त्रिभुवन चोकमा रहेको प्रहरी विटमा समेत आगजनी गरेका छन् ।

विनोद पाण्डे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments