Incident Reports

१० दिनदेखिको बन्दले सर्वसाधारण मारमा

2015-08-22

Lumbini, Kapilbastu, Buddhabhumi

शनिबार सदरमुकाम तौलिहवाको हाट बजारमा किनमेल गर्न गरिएकी कपिलवस्तु नगरपालिका– ७ बर्धाहवाकी सृजना चापागाई प्याजको मुल्य सुनेर झसंग भइन् । दुई साता अघि त्यहीबाट ६० रुपैया किलोमा किनेको प्याजको मुल्य एक सय ६० पुगे पछि उनी आश्चर्यमा परेकी हुन्। दुई साता मै प्याजको मुल्य ढाई गुनाले मुल्य बृद्धि भए पछि सधैं एक किलो किन्दै आएकी चापागाईले एक पाउ मात्र प्याज किनेको बताइन । 'प्याज किन्नै नसकिने गरी एकै पटक कस्तो धेरै मुल्य बृद्धि भएको छ, ' उनले मुल्य बृद्धिप्रति चिन्ता ब्यक्त गदैृ भनिन्, ' काट्दा आसु झाथ्र्यो तर अहिले त किन्दा नै रुआएको छ ।' उता कपिलवस्तु नगरपालिका– ४ भिक्षुचोककी प्रज्ञा मरासिनीको भान्सामा ग्यास सकिएको एक हप्ता भई सक्दा नपाएर खाना पकाउन समस्या भएको छ । बजारमा रहेका सबै ग्यास बिक्रेताको पसलमा पुग्दा पनि नपाए पछि उनी निकै चिन्तित बनेकी छिन । ' तौहिलाव बजारका सबै ग्यास बिक्रेताको पसलमा गए, सबैले ग्यास सकिएको छ बन्द पछि मात्र उपलब्ध गराउन सक्छौ भन्ने गरेको छन्,' ग्यास नपाएर छटपटाएकी उनले दुःखी हुदै भनिन । उता संचारकर्मी रमेश मिश्राले पेट्रोल नपाएर मोटरसाईल घर मै थन्काएर राखेका छन् । 'तेल नपाए पछि गाडी घरमै थन्काएर राखेको छु, दिनहुजसो साइलमा आउने गरेको छु,' उनले भने । बन्दले गर्दा कोही माल किन्न नपाएर र कोही बेच्न नपाएर आत्तिएका छन् । लगातार १० दिन देखिको बन्दले बजारमा दैनिक उपभोग्य बस्तु सकिएको छ भने मुल्यसमेत आकासिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा थरुहट/थारुवान मोर्चाको अनिश्चितकालीन आमहडतालका कारण सवैसाधारणको दैनिकी र जनजीवन नराम्ररी प्रभावित भएको छ । बजार, बैंक, शैक्षिक संस्था बन्द छ, सवारी साधन चलेको छैन । ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुरहरुको रोजीरोटी खोसिएको छ । व्यापारीले व्यापार गर्न पाएका छैनन् । लगातारको बन्दले दैनिक जीवन संचालनमा समस्या सिर्जना भएको छ । उपभोग्य वस्तुहरुको मूल्य दिनदिनै आकासिएको छ । आन्दोलनकारीले दिनरात बन्द गरेपछि सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगंज, महाराजगंज, पकडी क्षेत्रमा कालोबजारी बढेको छ । व्यापारीहरुले दैनिक खाद्यान्न तथा तरकारी अभाव देखाउँदै दोब्बर मूल्यमा बेच्ने गरेको सर्वसाधारणको गुनासो छ । भारतीय नाका हुदै नेपाल आउने फलफुल, खाद्यान्न तथा तरकारी नआउदा अभाव देखिएको छ । साप्ताहिक हाटबजारमा पनि तरकारीको भाउ तेब्बर महंगो भएको बाणगंगा नगरपालिकाकी रानी भुसाल बताउँछिन । पछिल्लो हाटबजारमा २० रुपैया किलो आलु अहिले ४५ रुपैया किलोमा खरिद गर्नुपरेको उनले गुनासो गरिन् आन्दोलनले व्यापारी मोटाउने र विपन्न जनता भोकै मर्ने अवस्था आएको उनको आरोप छ । लगातारको बन्दले तौलिहवा क्षेत्रमा दाल, चामल, पिठो तथा अन्य खाद्यान्न दोब्बर महंगो भएको रीता कार्कीले गुनासो गरिन । बन्दका कारण माल आपुर्ति ठप्प बनेको छ । बन्दले स्थानीय मर्कामा परेकाले आन्दोलनरत पक्षलाई बेलुका ५ बजे पछि पसल तथा बजार खोल्न दिनु पर्न आग्रह गरिन् । यता उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष हुमनाथ पाण्डेले बन्दको मौका छोपि व्यापारीहरुले कालोबजारी गरेको आरोप लगाए । त्यस तर्फ प्रशासन कार्यालयले ध्यान दिनु पर्ने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis