Incident Reports

कैलालीको टिकापुर तनावग्रस्त, प्रहरीले गोली चलायो, केही हताहत भएको आशंका

2015-08-24

 कैलालीको टीकापुरमा थरुटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। झडपमा परी एसएसपी इन्सपेक्टरसहित सुरक्षाकर्मी र केही आन्दोलनकारीको मृत्यु भएको छ। कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो । ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो। झडपमा परी एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट,केशव बोहोरा र एसएसपीका सुरक्षा गार्डको मृत्यु भएको छ। प्रदर्शनकारीले घरेलु हतियारले आक्रमण गरेका छन्। बन्चरो र भाला प्रयोग गरेर प्रहरीको ज्यान लिएका हुन्। आन्दोलनकारीले केही सुरक्षाकर्मीलाई आगो लगाएर हत्या गरेका छन्। डिएसपी विश्व खड्काका अनुसार धेरैको हताहत भएपनि अहिलेसम्म यतिको मात्र पुष्टी भएको हो। प्रशासनले लगातार चार दिनदेखि लगाउदै आएको कर्फयु र निषेधाज्ञा तोड्न खोज्दा भिडन्त भएको हो। जिल्ला प्रशासन कार्यालय टीकापुरले विहान ११ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। थरुहट पक्षधरले टीकापुरको चारैतिरबाट निषेधाज्ञा तोड्ने प्रयास गरेको थियो ।

कैलालीकाे टिकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यानेसहित २० जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ ।

0 Comments

Related Trend Analysis