Incident Reports

टिकापुरमा एसएसपीसहित ९ प्रहरी मारिए, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

2015-08-24

थारुवान–थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपानी सहित ९ सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ। घटना लगत्तै गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बोलाइएको छ। 'गृहमन्त्रीको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरुको बैठक केही छिनमै सुरु हुँदैछ', सुरक्षा स्रोतले नागरिकन्युजसँग भन्यो। घटनास्थलमा मद्दत टोली पठाइएको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए। सोमबार टिकापुरमा निशेधाज्ञा तोड्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो । निषेधाज्ञा तोड्ने क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि भाला प्रहार गरेको एक प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए। प्रहरीका अनुसार टिकापुरबाट पाँच किलोमिटर उत्तरमा करिब २० हजार प्रदर्शनकारीले एसएसपी लक्ष्मण न्यौपाने नेतृत्वको टोलीलाई घेरा हालेका थिए। कैलाली र कंचनपुर थरुहट प्रदेशमा हुनुपर्ने माग राख्दै साउन २४ देखि अनिश्चितकालीन बन्दको आयोजना गर्दै आन्दोलन गर्दै आएका छन्।


टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको सुरक्षा प्रमुखको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ। सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवाहा सेना परिचालन गर्न आदेश दिएको हो। Update.......... कैलाली घटनाका घाइते प्रहरी हबल्‍दार नेगीको निधन कैलाली घटनामा घाइते भएका प्रहरी हबल्‍दार जनक नेगीको निधन भएको छ। उनको काठमाडौंको महाराजगञ्‍जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। योसँगै कैलाली घटनामा मृत्‍यु हुनेको संख्‍या नौ पुगेको छ। (सुरक्षाकर्मीमाथि नियोजित आक्रमण) यसअघि थरुहट कार्यकर्ताले कैलालीको टीकापुरमा सोमबार गरेको हिंसात्मक आक्रमणमा परि एसएसपी लक्ष्मण न्यौपानेसहित ७ र एक जना बालक गरी आठजनाको हत्‍या गरेको थियो। 

0 Comments