Incident Reports

नवलपरासी सदरमुकाम र राजमार्ग क्षेत्रमा निषेध आज्ञा जारी

2015-08-25

Update..... नवलपरासीमा तेस्रो पटक निषेधाज्ञा थपियो नवलपरासी सदरमुकाम परासीमा लगाइँदै आएको निषेधाज्ञा तेस्रो पटक थपिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार दलहरुबीच पछिल्लो पटक गरिएको सम्झौताले थप शान्ति खल्बलिन सक्ने भन्दै भदौ २७ गते सम्मका लागि निषेधाज्ञा थपिएको हो । सदरमुकाम परासीको महेशपुर चोकस्थित बाईपास रोडदेखि मञ्जरीया चोकको दक्षिण बाहेकको रामग्राम नगरपालिकाको सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै परासीबाट सुनवल चोकसम्म र बर्दघाटको भूताहादेखि राजमार्ग हुँदै सुनवल चोकसम्मको १२ किमी क्षेत्रको ५ सय मिटर दायाँ–बायाँ पनि निषेधाज्ञा जारी गरिएको छ । 

नवलपरासी जिल्ला प्रशासन कार्यालयले सदरमुकाम परासी क्षेत्रको रामग्राम नगरपालिका र पूर्व पश्चिम महेन्द्र राजमार्गको पञ्चनगर रामनगर खण्डमा सोमबार साँझ(आज)सात बजेदेखि पाँचजना भन्दा बढी भेला हुन र सभा सम्मेलन प्रदर्शन गर्न निषेध आज्ञा जारी गरेको छ। सोमबारबाट लागू हुने निषेधाज्ञा सात दिनसम्म जारी रहने सूचनामा उल्लेख छ। नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले निकालेको सूचनामा निषेधाज्ञा उल्लंघन गरे प्रचलित कानुन अनुसारको कारवाही हुने उल्लेख छ। पूर्व पञ्चनगरदेखि सुनवलसम्मको दूरी १२ किलोमिटर रहेको छ। सो राजमार्ग क्षेत्रको दायाँबायाँ पाँच सय मिटरसम्मको क्षेत्रमा निषेधााज्ञा कायम रहने विज्ञप्तीमा उल्लेख छ।

0 Comments

Related Trend Analysis