Incident Reports

आन्दोलनकारीद्वारा महोत्तरीमा दुई ओटा प्रहरी बिटमा आगजनी

2015-08-24

Madhes, Mahottari, Jaleswor

 प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भदौ ८ गते बिहान ५ बजेतिर जलेश्वर नगरपालिका- ५ को मटिहानी चोक र वडा नं. १४ बखरी चोकमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीका कारण दुवै बिट जलेर नष्ट भएका छन् । आन्दोलनकारीले जलेश्वरको दुई ओटा प्रहरी बिटमा आगजनी गरेपछि अहिले जलेश्वरको अन्य चोकमा स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको छ । प्रदर्शनकारीले ठाउँ ठाउँमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । यसअघि आन्दोलनकारीकारीहरूले भदौ ६ गते महिला तथा बालबालिका कार्यालय र भदौ ७ गते घरेलु तथा साना उद्योग कार्यालय महोत्तरीमा तोडफोड गरेर लाखौँ रुपियाँ बराबरको क्षति पुर्‍याएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total damaged Buildings 2
Severely damaged Buildings 2
INSEC

0 Comments

Related Trend Analysis