Incident Reports

रुकुम झडप मा ३ सुरक्षाकर्मी सहित ८ जना घाइते

2015-08-24

सिंगो जिल्लालाई ५ नम्बर प्रदेशमै राखिनु पर्ने भन्दै रुकुममा थालिएको आन्दोलन उग्र बन्दै गएको छ । जिल्लाको आधा भाग ६ प्रदेशमा रहनेगरी टुक्र्याइएको भन्दै आक्रोशित रुकुमेलीले आइतवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। जिल्ला नटुत्र्mयाउन भन्दै प्रधानमन्त्रीलाई अल्टिमेटम सहितको ज्ञापन पत्र पेश गर्न जिल्ला प्रशासन कार्यालय पुगेका आन्दोलनकारीले कार्यालयमै ढुंगा हानेका थिए । आन्दोलनकारीको प्रहारबाट कार्यालयको साइनबोर्डमा क्षति पुगेको छ । 'नारा लगाउँदै होहल्लासहित आएका थिए,' जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गोविन्द थपलियाले भने, 'हुलले एकाएक कार्यालयमा ढुंगा हान्न थालेका थिए ।' थपलीयाले रुकुमको आन्दोलन उग्र बन्दै गएको समेत बताए । रुकुममा आइतबार गरिएको आन्दोलन । प्रशासनबाट फर्के लगत्तै जिल्ला प्रहरी कार्यालयमा पनि केही ढुङगा प्रहार भएको थियो । कार्यालय बन्द नगरेको भन्दै नेपाल टेलिकममासमेत ढुङगा प्रहार गरी तोडफोडको प्रयास भएको आन्दोलनकारीले बताएका छन् । ढुङगा प्रहारबाट कार्यालयका सामान्य सिसा फुटेको कार्यालय प्रमुख कृष्ण प्रसाद गौतमले जानकारी दिएका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले भीड तितरवितर पारेको थियो । 'उनिहरु उग्र बन्दै जान थालेपछि प्रहरी बल प्रयोग गरिएको थियो,' डिएसपी थपलीयाले भने, 'प्रहरीले लखेटेपछि उनीहरु भागेका थिए ।' परिमार्जित ७ प्रदेशको सीमांकनमासमेत रुकुमको आधा भाग फिर्ता नभएपछि रुकुमेलीहरुमा आक्रोश चुलिदै गएको छ । उनीहरुले यसअघिको ६ प्रदेशको खाका असन्तुष्टि जनाउँदै दबावमुलक आन्दोलन थालेका थिए। यसैबीच आइतबारबाट आन्दोलनकारीले सदरमुकाममा नाकाबन्दी गरेका छन् । सदरमुकाम खलंगामा पुग्ने तरकारी,दुधलगायतका खाद्य सामाग्रीमा रोक लगाइएको छ । जिल्ला पुर्ण रुपमा बन्द रहेको छ । सरकारीकामकाज समेत पुर्ण रुपमा ठप्प छन् । शनिबार राति पनि रुकुममा राँके जुलुश निकालेर सीमांकनको विरोध गरिएको संघर्ष समितिका संयोजक टेकबहादुर पुनले जानकारी दिए । प्रशासनद्वारा निषेधाज्ञा जारी रुकुममा चलिरहेको सीमांकन विरोधी आन्दोलन आइतबार उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले रुकुममा निशेधाज्ञा जारी गरेको छ । रुकुमका प्रमुख सरकारी निकायमै ढुंगा मुढा भएपछि प्रशासनले कार्यालय क्षेत्र परिसरमा निशेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय,जिल्ला विकास समिति,जिल्ला प्रहरी कार्यालय लगायत महत्वपूर्ण सरकारी निकाय रहेका क्षेत्रमा नाराजुलुस गर्न नपाइने गरी आइतबार स्थानीय प्रशासनले प्रतिवन्ध लगायको डिएसपी थपलीयाले जानकारी दिए । यी सरकारी निकाय नजिक छन् । 'आन्दोलनकारी उग्र बन्न थालेपछि निशेधाज्ञा जारी गरिएको हो,'उनले भने । निशेधाज्ञा अनिश्चितकालीन रहेको पनि उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 8
National/Online Media

0 Comments

Related Trend Analysis