Incident Reports

नवलपरासीमा यातायात सञ्चालन, जनजीवन सामान्य बन्दै |

2015-08-25

Gandaki, Nawalparasi East, Binayee Tribeni

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल– नारायणघाट सडक खण्डमा आजदेखि यातायात सञ्चालनमा आएको छ।पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख हरिराज वाग्लेका अनुसार बुटवल भएर पूर्व र उत्तरतर्फ जाने सवारी साधन सञ्चालनमा आएका हुन्। लामो समयको बन्दपछि मङ्गलबारदेखि सवारी साधन सञ्चालनमा आएको हो। पश्चिमाञ्चल बस व्यवसायी समितिले नगर र बुटवलबाट नारायणघाट, काठमाडौँ जाने सवारी सञ्चालनमा आएको जनाएको छ।यातायात सञ्चालनसँगै पसल र विद्यालय खुल्न थालेका छन्।कावासोती, बर्दघाट, सुनवललगायतका बजार खुलेका छन् तर सदरमुकाम परासीको बजार खुल्न सकेको छैन। केही मधेसी दल र थरुहट सङ्र्घष समितिलगायतको आह्वानमा भएको बन्दका कारण परासी बजार खुल्न नसेकेको हो।अन्यत्र यातायात र पसल खुल्न थालेकाले जनजीवन सामान्य बन्दै गएको छ। "भैरहवा, चन्द्रौटासम्म सवारी साधन निर्वाध चलेका छन्," वाग्लेले भने– "बन्दपछिको अवस्था सामान्य बन्दै गएको छ ।"स्थानीय प्रशासनले परासी क्षेत्रलाई सोमबार बेलुकीदेखि सात दिनका लागि निषेधित क्षेत्र घोषणा गरिसकेको छ । 

0 Comments