Incident Reports

रौतटहमा पनि गोली चल्यो, एक जनाको मृत्यू

2015-08-25

Madhes, Rautahat, Gaur

आन्दोलनकारी र प्रहरीबीच झडपपछि रौतहटको गौरको स्थिति तनावग्रस्त छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागि एक जना घाइते भएका छन्। गोली लागि गम्भीर घाइते भएका अन्दाजी १५-१६ वर्षका व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। साथै उनलाई थप उपचारका लागि वीरगन्ज लैजानै तयारी भइरहेको छ। यसैबीच रौतहट सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न चन्द्रनिगाहपुर सडकखण्ड तथा गौर नगरपालिकालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ। ७ भदौ बेलुकी अबेरतिर गौर–चन्द्रनिगाहपुर सडकखण्डको दायाँबायाँ एक किलोमिटर सडक तथा गौर नगरपालिकाका सबै वडालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको हो। दङ्गाक्षेत्र घोषणापछि गौरमा ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। अहिले गौरको अवस्था सामान्य रहेको र स्थितिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको जिल्ला सुरक्षा समितिका सदस्य एवम् प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए। उनले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै ७ भदौ राति १० बजेदेखि नेपाली सेना परिचालन गरिएको बताए । उनका अनुसार दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न र पोस्टर तथ पर्चा लेख्न वा टाँस्न निषेध गरिएको छ । यी क्षेत्रमा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने तथा हिंसात्मक वा विध्वंसात्मक कार्य गरेको देख्नेबित्तिकै सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्नेछन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Trend Analysis