Incident Reports

सुनसरीमा थरुहटले निकाले लाठी जुलुस

2015-08-25

Province 1, Sunsari, Duhabi, Ward 3

थरुहट संर्घष समितिको आन्दोलनका कारण सुनसरीको दुहबी भलुवा नगरपालीका तनाव ग्रस्त बनेको छ। हप्तादिनदेखि थरुहटका कार्यकर्ताहरुले तराईका २२ जिल्लालाई थरुहट राज्यको माग गर्दै पर्दशन गरीरहेका छन्। थरुहटका कार्यकर्ताहरुले मंगलवारबाट दुहवी बजारमा लाठि जुलुस पर्दशन गरेका छन्। सुनसरीको दहबी नगरपालीका, औरावनी, सिमरिया लगायतका गाविसबाट आएका थरुहटका कार्यकर्ताहरुले दिनभर दुहवीमा पदृशन गरीरहेका छन्। गृहमन्त्री बामदेश गौतमको राजिनामा माग्दै पर्दशनकारीहरुले लाठि जुलुस निकाले पछी दुहबी भलुवा नगरपालीकामा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी श्यमसिंह चौधरीको नेतृत्वमा दुहबी बजारमा थप प्रहरी परिचालन गरिएको छ। थरुहटका कार्यकर्ताहरुले दुहबी बजार बन्द गराउदै सवारी साधन संचालन गर्न नदिएपछी विराटनगर-इटहरीको यातायात सेवा ठप्प भएको छ। पर्दशनकारीहरुले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर जादै गरेको एउता एम्बुलेन्स तोडफोड समेत गरेका छन्। थरुहटका कार्यकर्ता र मधेसवादी दलको बन्दका कारण सुनसरी सदरमुकाम इनरुवा बजार पनि पूर्ण रुपमा ठप्प भएको छ। इनरुवाबाट पूर्व पश्चिम जाने यातायातका साधन समेत संचालनमा आउन सकेका छैनन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिन व्यपापक रुपमा प्रहरी परिचालन गरिएको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis