Incident Reports

महोत्तरीका दुई कार्यालयमा तोडफोड

2015-08-25

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित दुईवटा कार्यालयमा तोडफोड गरी लाखौँको क्षति पुर्‍याएका छन्। बन्दका बेला कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताले जलेश्वरमा रहेको जनताको तटबन्ध फिल्ड कार्यालय २ मा गएर कम्प्युटर एक थान, प्रिन्टर तीन थान, फोटोकपी मेसिन एक थान, फ्याक्स एक थान, टेबुल एक थान र कुर्सी एक थान गरी रु तीन लाखभन्दा बढीका सरसामान तोडफोड गरी क्षति पुर्‍याएको निमित्त कार्यालय प्रमुख इन्जिनियर गणेश ठाकुरले बताए। त्यस्तै, मोर्चाका कार्यकर्ताले छिमेकी बैंकको कार्यालयमा गई ल्यापटप एक थान र टेबुल कुर्सी तोडफोड गरेका छन्। मोर्चाका कार्यकर्ताले जलेश्वरका विभिन्न भागमा चर्को नाराबाजी र जुलुस गर्दै प्रहरीलाई आकर्षित गरेकै बेला केही कार्यकर्ता गएर ती दुवै कार्यालयमा तोडफोड गरेका छन्। यसअघि, सोमबार मोर्चाका कार्यकर्ताले घरेलु तथा साना उद्योग कार्यालयमा र आइतबार महिला तथा बालबालिका कार्यालयमा तोडफोड गरी लाखौँको क्षति पुर्‍याएका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 2
Severely damaged Buildings 2
National/Online Media

0 Comments

Related Trend Analysis