Incident Reports

धनगढीमा बुधबार पनि कर्फ्यु

2015-08-26

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीमा बिहान ७ बजेदेखि बजार खुलेको छ । धनगढीका नगरवासी हतार हतार चाहिने र चाहिएका वस्तु किनमेल गर्न थालेका छन् । बुधबार पनि बिहान ११ बजेदेखि बेलुका ६ बजे सम्मका लागि कर्फ्यु छ । स्थानीय प्रशासनले मंगलबारदेखि धनगढीमा पनि कर्फ्यु आदेश जारी गरेको हो । टीकापुरको कर्फ्यु यथावत छ । त्यस्तै स्थानीय प्रशासन कैलालीले टिकापुर आसपासका १० वटा गाविसलाई मंगलबार दंगाग्रस्त घोषणा गरेको छ । अत्तरिया र भजनी नयाँ नगरपालिका सहित भजनी, नरायणपुर, जोशीपुर, खैलाड, पथरिया, बहुनिया, मनुवा, दुर्गौली, धनसिहपुर गाविसलाई दंगाग्रस्त घोषणा गरिएको छ । उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ । यसले जिल्लाभर तनाव उत्पन्न भएको छ । यसले जो जहाँ छन् , त्यही अड्किएका छन् । जीवनपद्धती चलायमान हुन सकेको छैन । कहिले खुल्छ भन्न सकिने अवस्था छैन । स्थिति अझै खराब बन्दै गएको छ । ‘गाउँमा माओवादीको युद्धकालीन झल्को दिने गरि सेना, सशस्त्र र नेपाल प्रहरीको ठूलो फौज परिचालित भयो,’ भजनीबाट जयबहादुर बुढाले भने, ‘मान्छे कोही घरबाट बाहिर निस्कन सकेका छैन । भयभित बन्न थालेको छ गाउँबस्ती ।’ प्रमुख जिल्ला अधिकारी मोहन चपागाईले अहिलेको असहज परिस्थतिलाई सुधार गर्न सर्वपक्षीय, सर्वदलीय बैठक बुधबार दिउँसो बसाउने तयारी गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis