Incident Reports

दाङसहित राप्तीका जिल्लाहरुको जनजीवन सामान्य बन्दै

2015-08-26

Lumbini, Dang, Tulsipur

दाङ सहित राप्ती अञ्चल भित्रका जिल्लाहरुको जनजीवन बिस्तारै सामान्यकरण हुँदै गएको छ। जिल्लाका प्रमुख बजारहरु तुलसीपुर–घोराही खोल्न थालिएको छ। लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि सञ्चालनमा आउन थालेपछि सहर बजारमा मानिसहरुको चहलपहल बढ्दै गएको देखिएको छ। विगत १४ दिन देखी थारु समुदायले अधिकार प्राप्तीको लागि आन्दोलन गर्दै आएको भएपनि दंगाग्रस्त क्षेत्र घोषणा भएसंगै उनीहरु सडकमा देखिएका छैनन्। आन्दोलन हिंसात्मक बन्न थालेको भन्दै यसलाई संमयमित र मर्यादित वनाउन थारु अगुवाहरुले पनि आग्रह गरेका छन्। तर जिल्लाको देउखुरी क्षेत्र लमहीमा भने बन्दको प्रभाव अझैं कायमै देखिएको छ। बजार तथा पसलहरु अझै पनि पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन्। त्रासकै कारण बजार तथा पसलहरु खोल्न व्यवसायिहरु डराउने गरेको व्यापारीहरुले बताएका छन्। थरुहट स्वायत्त प्रदेशको माग गर्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले साउन २७ गते देखी आह्वान गरेको बन्द भने फिर्ता लिएको छैन। दाङ सहित तराईका २२ जिल्लामा आह्वान गरेको बन्द १६ गते सम्म यथावत रहने थरुहट थारुवान संयुक्त संघर्ष समितिले विज्ञप्ति मार्फत जानकारी दिएको छ। ६ प्रदेश र ७ प्रदेशको सिमांकनले पनि आफुहरुको माग सम्वोधन नभएको भन्दै समितिले जारी आम हडताललाई यथावत राख्ने बताएपनि आन्दोलन शान्ति पूर्ण हुने यसक्षेत्रका थारु अगुवाहरुले बताएका छन्। थारु बुद्धिजिवी सौगतविर चौधरीले कैलालीको घटना अप्रत्यासित र दुखद भएको बताउँदै त्यसमा घुसपैठ भएको दाबी गरे। थारु आन्दोलनको मर्म हत्य, हिंसा वा अराजकता नभएको स्पष्ट पार्दै समंमित रहन सबै थारु समुदायमा उनले आग्रहपनि गरेका छन्। सात प्रदेशको नयाँ सिमांकनको खाका आएसँगै सल्यानको आन्दोलन फिर्ता गरिएको भनिएपनि असन्तुष्ट पक्षको आन्दोलन भने जारी छ। तर आन्दोलन शान्ति पूर्ण हुँदै गएको सल्यानवासीले बताएका छन्। उनीहरुले यातायातका सवारीसाधनमा कालो झन्डा राखेर यातायात संचालन गर्दै आएका छन्। रुकुमको आन्दोलन पनि मंगलवार देखि मत्थर भएको छ। विगत १७ दिन देखि रुकुममा आमहड्ताल हुँदै आएको भएपनि मंगलवार देखि आमहड्तालका कार्यक्रमहरु फिर्ता गरिएको छ। लगातारको लामो वन्दले जिल्लामा उपभोग्य वस्तुको अभाव हुन थालेको र सर्वसाधारण नागरिकको जनजिवन निकै कष्टकर हुन थालेको भन्दै आमहड्तालका कार्यक्रमहरु फिर्ता गरिएको हो। तर रुकुममा शान्तिपूर्ण प्रदर्शन भने कायमै रहने बताइएको छ ।
National/Online Media

0 Comments

Related Trend Analysis