Incident Reports

प्रहरी हत्यामा संलग्न शंकास्पद दशजना पक्राउ

2015-08-25

मनुवा गाविस-६ सिमल चौराहमा सोमबार डिउँटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्का बहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ बर्षीय राम प्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी, भजनि–५ बस्ने ४१ बर्षीय प्रेम बहादुर चौधरी रहेका छन्। प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो।


टीकापुर घटनामा पक्राउ परेकाहरुले आत्महत्या प्रयास गरेको खुलेको छ । बिना कारण कैदी जीवन बिताउन बाध्य उनीहरु घरपरिवार र बालबच्चाको यादले डिप्रेसनको शिकारसमेत भएको बताइएको छ । थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य राजकुमार लेखीसँगको भेटमा कैलाली अध्यक्ष लाहुराम थारुले केही थारु साथीहरुले आत्महत्या प्रयास गरेको बताए । ‘घरपरिवार र छोराछोरीको चिन्ता र बिना कसुर जेलमा बस्नुपर्दा उहाँहरु तीन दिनसम्म खाना खानु भएन,’ अध्यक्ष चौधरीको कुरा उद्धृत गर्दै लेखीले भने, ‘केही साथीले त आत्महत्या गर्छु पनि भने ।’ दुई अगुवा नेता लाहुराम चौधरी र रामप्रसाद थारुले उनीहरुलाई सम्झाइ बुझाइ गरेको लेखीले बताए । टीकापुर घटनामा पक्राउ परेकाहरुले आफ्ना छोराछोरीको पाललपोषण गरिदिन आग्रहसमेत गरेका छन् । जेलमा बस्दा उनीहरुलाई रोजीरोटीको समस्या र छोराछोरीको पढाइमा बाधा अड्चन आएको भन्दै कैदीहरुले आफ्नो छोराछोरी र घरपरिवारलाई हेरिदिन आग्रह गरे । ‘बिना कुनै कसुर जेलमा बस्नुपरेको छ । यसले ब्यापार व्यवसाय चौपट भएको छ । खेतीपाती शून्य छ । घर कसरी धान्ने ? छोराछोरी कसरी पढाउने ? अगुवा नेताहरु, नेतृत्व गेर्नेहरुले बुझ्नपर्छ कि नाइ ?,’ कैदीहरुको प्रश्न थियो । उनीहरुले आन्दोनलाई रोक्न नहुने तर आफूहरुलाई छिटोभन्दा छिटो थुनामुक्त गराउन पहल गरिदिन उनीहरुले आग्रह गरेका थिए । उनीहरुले आफूहरुलाई नियमित भेटभाट गरिदिन पनि स्थानीय नेताहरुलाई आग्रह गरेका छन् । ‘स्थानीय नेताहरु पनि कोही भेट्न आउनुहुन्न । हाम्रा समस्याहरु कसैलाई सुनाउन पाउँदैनौं । कम्तीमा कैलालीका साथीहरु नियमित भेटघाट गर्न आए हुन्थ्यो,’ कैदीहरुको आग्रह थियो । उनीहरुले विजयकुमार गच्छदार, रामजनम चौधरीहरु गद्धार भएको बताउँदै आन्दोलनको लागि नयाँ नेतृत्व आउनपर्ने धारणा राखेका थिए । कैदीहरुको गुनासो सुनेर नेता लेखीले सबै कुरा नेतृत्व तहमा पु¥याउन आश्वासन दिए । उनले आजदेखि सुरु भएको थरुहट÷थारुवान संयुक्त संघर्ष समितिमा पनि कुरा राख्ने बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Killed 7
National/Online Media

0 Comments

Related Trend Analysis