Incident Reports

महोत्तरीका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द

2015-08-26

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दका कारण महोत्तरीका सम्पूर्ण सामुदायिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। जिल्लास्थित विभिन्न शिक्षकको फ्रन्ट सङ्गठनले गरेको निर्णयअनुसार बुधबारदेखि भदौ ११ गत शुक्रबारसम्मका लागि सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेको हो। नेपालको वर्तमान राजनीतिक तरल अवस्था भएको र संयुक्त लोकतान्त्रिक मोर्चाले गरेको अनिश्चितकालीन आमहडतालका कारण सामुदायिक विद्यालय भयरहित वातावरणमा सञ्चालन गरिनुपर्ने अवस्था नरहेकाले जिल्लाका विद्यालय बन्द गराउने निर्णय गरेको नेपाल शिक्षक सङ्घका उपाध्यक्ष नकुल उप्रेतीले जानकारी दिए। मङ्गलबार जलेश्वरस्थित सङ्घको कार्यालयमा बसेको विभिन्न फ्रन्टका शिक्षकको बैठकले सो निर्णय सर्वसम्मतले गरेको उपाध्यक्ष उप्रेतीले बताए। रासस
National/Online Media

0 Comments

Related Trend Analysis